शुक्रबार, कार्तिक ७ गते २०८३

इन्भेष्टमेण्ट मेगा बैंक ४१ औँ वर्षमा, नवीनतम बैंकिङ सेवामा जोड दिँदै


फाल्गुण १५, २०८२ शुक्रबार
इन्भेष्टमेण्ट मेगा बैंक ४१ औँ वर्षमा, नवीनतम बैंकिङ सेवामा जोड दिँदै

 

काठमाण्डाै । ‘समृद्धिको पथमा सँगै अघि बढ्दै’ भन्ने नारासहित ग्राहक सुविधालाई प्राथमिकतामा राख्दै आएको नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड ४१ औँ वर्षमा प्रवेश गरेको छ । चार दशकभन्दा लामो यात्रामा बैंकले ग्राहक, सेयरधनी, नियामक निकाय, साझेदार संस्था तथा कर्मचारीहरूको निरन्तर विश्वास र सहयोगका आधारमा वित्तीय क्षेत्रमा सशक्त उपस्थिति कायम गर्दै आएको जनाएको छ ।

४० औँ वार्षिकोत्सवका अवसरमा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेले बैंकको सफल यात्रामा योगदान पुर्‍याउने सबैप्रति कृतज्ञता व्यक्त गर्दै आगामी दिनमा अझ पारदर्शी, जिम्मेवार र नवप्रवर्तनमुखी बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे ।

त्यसैगरी, प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योति प्रकाश पाण्डेले डिजिटल रूपान्तरणलाई तीव्रता दिँदै ग्राहक अनुभवलाई अझ सरल, सुरक्षित र प्रभावकारी बनाउने दिशामा बैंक निरन्तर अग्रसर रहने बताए । बैंकले ग्राहक सुविधालाई केन्द्रमा राखी नवीनतम बैंकिङ सेवा निरन्तर प्रस्तुत गर्दै जाने जानकारी उनले जानकारी दिए । 

वार्षिकोत्सवको अवसरमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत वित्तीय साक्षरतामा आधारित चित्रपुस्तक प्रकाशनलाई निरन्तरता दिएको छ । यस वर्ष ‘३ आर सुन्दर संसार’ शीर्षकको आठौँ संस्करण सार्वजनिक गरिएको छ, जसमा वातावरणीय प्रदूषण, प्राकृतिक स्रोत संरक्षण र जलवायु परिवर्तनजस्ता विषयलाई सरल र ज्ञानवर्धक शैलीमा प्रस्तुत गरिएको जनाइएको छ ।

साेही अवसरमा बैंकले नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरेको छ, जसमा बैंकका कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो ।