शुक्रबार, कार्तिक ७ गते २०८३

नवलपरासीमा एसएमइ भिलेज, औद्योगिक विकासको आधार बन्ने अपेक्षा


फाल्गुण १५, २०८२ शुक्रबार
नवलपरासीमा एसएमइ भिलेज, औद्योगिक विकासको आधार बन्ने अपेक्षा

 

नवलपरासी । बर्दघाटमा आयोजित लगानी फोरममा सहभागी उद्योगी–लगानीकर्ताले बर्दघाट एसएमइ भिलेज नवलपरासीको औद्योगिक विकासको महत्वपूर्ण आधार बन्ने विश्वास व्यक्त गरेका छन् । नेपाल उद्योग परिसंघको आयोजना तथा स्थानीय उद्योग संघ–संस्थाको सहआयोजनामा सम्पन्न कार्यक्रममा साना तथा मझौला उद्योग प्रवर्द्धनमार्फत रोजगारी र अर्थतन्त्र सुदृढ हुने धारणा राखिएको थियो ।

परिसंघका कार्यवाहक अध्यक्ष निर्वाण चौधरीले बर्दघाट एसएमइ भिलेजलाई मोडल औद्योगिक ग्रामका रूपमा पाइलट परियोजनाको रुपमा अघि बढाउनुपर्ने जनाए । पूर्व सचिव अर्जुन पोखरेलले निजी क्षेत्रको सहकार्य बिना औद्योगिक ग्राम सफल नहुने स्पष्ट पारे।

नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले औद्योगिक ग्रामले रोजगारी सिर्जना र औद्योगिकीकरणमा टेवा पुग्ने उल्लेख गरे । परिसंघका पूर्व अध्यक्ष विष्णुकुमार अग्रवालले उत्पादनमूलक उद्योगको योगदान बढाउन औद्योगिक ग्राममा आवश्यक सुविधा दिनुपर्नेमा जोड दिए ।

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले यस क्षेत्र कृषि, पर्यटन र उद्योगका लागि सम्भावनायुक्त रहेको उल्लेख गर्दै वित्तीय पहुँच सहज रहेको बताए । कार्यक्रममा सयभन्दा बढी उद्योगी–व्यवसायीको सहभागिता रहेको थियो ।