शुक्रबार, कार्तिक ७ गते २०८३

आइएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच सम्झौता


फाल्गुण १४, २०८२ बिहीबार
आइएमई र साउदीको अग्रणी डिजिटल वालेट टिक्मोबीच सम्झौता

 

काठमाण्डाै, नेपालको अग्रणी रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र साउदी अरबको अग्रणी डिजिटल वालेट टिक्मोबीच डिजिटल कारोबार विस्तारका लागि सम्झौता सम्पन्न भएको छ । साउदी अरबको राजधानी रियादमा एक विशेष कार्यक्रमबीच सम्पन्न सम्झौतामा आइएमईका अध्यक्ष हेमराज ढकाल र टिक्मोका प्रबन्ध निर्देशक अब्दुलअजीज अज्लान अल्अज्लानले हस्ताक्षर गरेका हुन् ।

सम्झौता कार्यक्रममा साउदी अरबका लागि नेपालको कार्यवाहक राजदूत सिर्जना अधिकारी, आइएमईका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौड्याल तथा आइएमई र टिक्मोका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । दुवै पक्षले यो सम्झौतालाई केवल औपचारिक हस्ताक्षरमा सीमित नभई दुई राष्ट्रबीचको साझा डिजिटल भविष्यतर्फको महत्वपूर्ण कदमका रूपमा व्याख्या गरेका छन् ।

साउदी अरब हाल ‘भिजन २०३०’ अन्तर्गत नगदरहित समाजतर्फ अग्रसर भइरहेको र नेपालमा पनि डिजिटल वित्तीय पहुँच तीव्र रूपमा विस्तार हुँदै गएकाे परिवेशमा रेमिटेन्स क्षेत्रमा स्थापित नाम आइएमई र प्रविधिमा आधारित डिजिटल इकोसिस्टम टिक्मोबीचको सहकार्यले साउदी अरब र नेपालबीचको वित्तीय दूरीलाई थप नजिक ल्याउने विश्वास लिइएको छ ।