बुधबार, भाद्र ३ गते २०८३

धादिङ्गमा रात्री बस दुर्घटना १८ जनाको मृत्यु २७ जना घाइते


फाल्गुण ११, २०८२ सोमबार
धादिङ्गमा रात्री बस दुर्घटना १८ जनाको मृत्यु २७ जना घाइते

काठमाण्डौं । पोखराबाट काठमाण्डौ आउदै गरेको माछापुच्छे ट्राभेल्सको ग १ ख १४२१ नम्बरको बस राती १.३० बजेतिर दुर्घटना भएर त्रिशुली नदीमा खस्दा १७ जनाको मृत्यु २८ जना घाइते भएको खबर छ । मृतकमा ११ जना पुरुष र ६ जना महिला भएको जनाइएको छ । पछि घाइते भएका अर्का एकजना यात्रुको पनि मृत्यु भएको खबर छ । 

घाइते यात्रुहरूकाे नामावली यस प्रकार छ जसमा धेरैजसाे नेपाली र  दुइ जना भने बिदेशी यात्रुहरूकाे नाम पनि रहेकाे छ ।

busghaite.jfif
दुर्घटना परेको बस यात्रुको उद्धारका लागि नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीकासाथै स्थानीय बासिन्दाहरु प्नि जुटेका र खटेका थिए । उनीहरुले दुर्घटनामा परेका घाइते यात्रुहरुलाई उपचारका निमित्त बिभिन्न अस्पतालमा पुर्याउन सहयोग गरेका थिए ।