आइतबार, आश्विन १८ गते २०८३

आयात उच्च हुँदा मुलुकको व्यापार घाटा ९ खर्ब ५५ अर्ब माथि


फाल्गुण ८, २०८२ शुक्रबार
आयात उच्च हुँदा  मुलुकको  व्यापार घाटा ९ खर्ब ५५ अर्ब  माथि

चालु आर्थिक वर्ष ०८२/८३ को माघसम्म नेपालको वैदेशिक व्यापार १२ खर्ब ९१ अर्ब ६३ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा ११ खर्ब २५ अर्ब रहेको थियो । यस बर्ष व्यापारको  आकार यस वर्ष १५.७६ प्रतिशतले बढेको छ । 

 यस अवधिमा आयात १३.६५ प्रतिशतले बढेर ११ खर्ब २३ अर्ब रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा ९ खर्ब ८८ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। त्यस्तै, निर्यात ३२.२९ प्रतिशतले बढेर १ खर्ब ६८ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष सोही अवधिमा १ खर्ब २७ अर्ब रुपैयाँको निर्यात भएको थियो।  आयातको उच्च हिस्सा कायम रहँदा व्यापार घाटा ९ खर्ब ५५ अर्ब ३४ करोड रुपैयाँ पुगेको छ, जुन गत वर्षको ८ खर्ब ६१ अर्ब ३८ करोड रहेको  हो। 

  कुल वैदेशिक व्यापारमा आयातको हिस्सा ८६.९८ प्रतिशत र निर्यातको हिस्सा १३.०२ प्रतिशत छ। यसले नेपालको व्यापार संरचना अझै आयातमुखी रहेको संकेत गर्छ। पेट्रोलियम पदार्थ, सवारीसाधन, मेसिनरी, विद्युतीय उपकरण तथा कच्चा पदार्थको उच्च आयातले व्यापार घाटा चर्काइरहेको छ।