शनिबार, आश्विन १७ गते २०८३

१०औं राष्ट्रिय कर दिवसको अवसरमा करदाता सम्मानित

मंसिर १, २०७८ बुधबार
१०औं राष्ट्रिय कर दिवसको अवसरमा करदाता सम्मानित

आन्तरिक राजस्व विभागले  १०औं राष्ट्रिय कर दिवसको अवसर पारेर आर्थिक वर्ष २०७७र७८ मा सबैभन्दा बढी कर तिर्ने १५ करदातालाई सम्मान गरेको छ ।

 नेपाल दूरसञ्चार कम्पनी नेपाल (टेलिकम) ले गतआर्थिक वर्षको आय विवरण अनुसार  सबैभन्दा बढी कर तिरे विभागले जनाएको छ । त्यस्तै, निर्यात कारोबारबाट डाबर नेपाल प्रा. लिले सबैभन्दा बढी आयकार दाखिला गरेको छ । 

त्यसैगरी, विभागले व्यक्तिगततर्फ सबैभन्दा बढी कर तिर्ने सिद्धार्थ शम्सेर जंगबहादुर राणालाई सम्मानित गरेको छ । गत वर्षको विवरण अनुसार बैंक तथा वित्तीय संस्थाको मध्ये नबिल बैंकले सबैभन्दा बढी कर तिरेको छ । त्यस्तै, बीमा व्यवसायमध्ये नेपाल पुनर्बीमा कम्पनी र सहकारी तथा लघुवित्तमध्ये छिमेक लघुवित्त वित्तीय संस्थाले गत वर्ष सर्वाधिक कर तिरेका छन् ।

त्यस्तै, विभागले सर्वाधिक कर तिरेबापत विशेष उद्योगहरुमध्ये एशियन पेन्टस्, कृषि एवं पशुपंछीजन्य उद्योगहरुमध्ये पूर्वाञ्चल एग्रीटेकलाई सम्मानित गरेको छ ।  विभागले आयकारका साथै मूल्य अभिवृद्धि कर र अन्तः शुल्क समेत सबैभन्दा बढी कूल कर रकम दाखिला गरेकोले सूर्य नेपाललाई सम्मान गरेको हो ।

स्वास्थ्य तथा शिक्षा तर्फ नोबेल मेडिकल कलेज टिचिङ्ग, पर्यटनतर्फ तारागाउँ रिजेन्सी होटल्स, वस्तु व्यापार तर्फ भाटभटेनी सुपरमार्केट, मध्यमस्तरी करदातामध्ये कर्जा सूचना केन्द्र कम्पनी र नियमित कर बुझाउनेमध्ये घोराहि सिमेन्ट ईण्डष्ट्रि रहेका छन् ।