काठमाडौं, बजाज नेपालले अल–न्यू अपग्रेडेड डोमिनार ४०० लाई भव्य कार्यक्रमका बीच सार्वजनिक गरेको छ। काठमाडौंको बाइकर्स क्याफेमा आयोजित लन्च इभेन्टमा राइडरहरू, इन्फ्लुएन्सरहरू, सञ्चारकर्मी तथा विशिष्ट अतिथिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
कार्यक्रममा अपग्रेडेड डोमिनार ४०० का नयाँ तथा उन्नत फिचरहरू प्रस्तुत गरियो। मुख्य आकर्षणका रूपमा मनाङ एक्सप्लोरर राइड प्रिमियर गरिएको थियो, जसले बाइकको लामो दूरीको क्षमता र कठिन भूगोलमा उत्कृष्ट प्रदर्शनलाई प्रदर्शित गर्यो।
यो अपग्रेडेड मोडलमा डट म्याट्रिक्स डिस्प्लेसहितको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल, ब्लुटुथ कनेक्टिभिटी, टर्न–बाइ–टर्न नेभिगेसन, राइड–बाइ–वायर प्रविधिसहित चार राइड मोड (रोड, रेन, स्पोर्ट, अफरोड), ट्र्याक्सन कन्ट्रोल, एड्जस्टेबल लेभरहरू, ह्याजर्ड लाइट प्रणाली जस्ता आधुनिक सुविधाहरू समावेश छन्।
यी फिचरहरूले सुरक्षा, आराम र राइडिङ अनुभवलाई थप उन्नत बनाएका छन्।बजाज नेपालले यस अपग्रेडेड डोमिनार ४०० मार्फत प्रदर्शन–केन्द्रित तथा आधुनिक प्रविधियुक्त बाइक उपलब्ध गराउने प्रतिबद्धतालाई मजबुत बनाएको छ।सार्वजनिक भएपछि ग्राहकहरूले फागुन ४ देखि ८ गतेसम्म आयोजना हुने टेस्ट राइड कार्यक्रममार्फत बाइकलाई नजिकबाट परीक्षण गर्न सक्नेछन्। बुकिङ खुला भइसकेको छ र प्रि–बुकिङमा विशेष अफरहरू पनि उपलब्ध छन्।
नेपालपत्र संवाददाता