शुक्रबार, कार्तिक ७ गते २०८३

पेट्रोलमा एक रूपैया, डिजल र मट्टीतेल तीन रुपैयाँ मुल्य बढ्याे


फाल्गुण ४, २०८२ सोमबार
पेट्रोलमा एक रूपैया, डिजल र मट्टीतेल तीन रुपैयाँ मुल्य बढ्याे

नेपाल आयल निगम पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले सोमबार देखि लागू हुने गरी  पेट्रोलमा प्रतिलिटर एक रूपैया, डिजल र मट्टीतेलमा प्रतिलिटर तीन रुपैयाँले मूल्य बढाएको हो ।


नयाँ मूल्यअनुसार, काठमाडौँ, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १५६ कायम भएको छ । त्यसैगरी सुर्खेत र दाङमा भने प्रतिलिटर १५५ तय गरिएको छ ।

चारआली, विराटनगर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १५३ रुपैयाँ ५० पैसा कायम भएको छ । यसैगरी, मट्टीतेल र डिजेलको मूल्य प्रतिलिटर १४२ कायम भएको निगमले जनाएको छ ।