भरतपुर / फागुन ३, आज चित्तवन नारायणगठमा आयोजित एक भेलाले नेपाल कम्युनिष्ट पार्टी चित्तवन जिल्ला समितिको गठन गरेको छ । बद्रीनाथ अधिकारी इञ्चार्ज रहेको पुनगठित जिल्ला कमिटीमा सचिव भगिरथ घिमिरे र सदस्यहरुमा निर्मला पौडेल,तेजबहादुर बिक, दुर्गाबहादुर कार्की,खेम पौड््याल,र घनश्याम पौड्याल (सल्लाहकार) रहनु भएको छ ।
सचिवालय सदस्य बद्रीनाथ अधिकारीले सञ्चालन गर्नु भएकाे बैठकमा सचिवालय सदस्य तथा अखिल नेपाल प्रगतिशील बुद्धिजीव संघका संयोजक महादीप पोखरेलले समसामयिक राजनीतिक परिस्थितिका बारेमा प्रकाश पार्नु भएको थियो भने मार्च ८ मा हुने अखिल नेपाल प्रगतिशील महिला संघको भेलाका लागि प्रतिनिधि पनि चयन गरिएको थियो । कार्यक्रममा बुद्धिजीवी महेश पौडेलको पनि उपस्थिति रहेको थियो । पार्टीको संगठन बिस्तार र लेभी लगायतका बिषयमा अर्को बैठकमा निर्णय गर्ने जानकारी गराइएको छ ।
यसैगरी यस अघि फागुन २ गते सिन्धुली जिल्लामा पनि नेपाल कम्युनिष्ट पार्टीको पुनर्गठन गरिएको छ । सचिवालय सदस्य तथा बार्ता समिति तथा मोर्चा समितिका सदस्य पुष्कर गौतमको उपस्थितिमा बसेको एक बैठकले परशुराम प्याकुरेलको संयोजकत्वमा हरिबहादुर बराल, एकलाल श्रेष्ठ, नबराज श्रेष्ठ समेत रहेको जिल्ला कमिटी गठन गरेको छ । भेलामा सचिवालय सदस्यद्वय समसामियक परिस्थिति र पार्टीकाे नीतिका बारेमा प्रकाशा पानुर् भएकाे थियाे । बैठकले कमिटी बिस्तार र महिला भेला प्रतिनिधिको छनौट गर्ने पनि निर्णय लिएको छ ।