शुक्रबार, कार्तिक ७ गते २०८३

कमलादीमा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु


माघ २८, २०८२ बुधबार
कमलादीमा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु

 

काठमाण्डाै । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ। ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।

डिजिटल लाउञ्जको उद्घाटन बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी र सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रूपमा आज आयोजित कार्यक्रममा गरे। कार्यक्रममा सञ्चालक प्रविन टिवडेवाला, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र आदर्श बजगाईं, नायब महाप्रबन्धक गणेशप्रसाद अवस्थी र ज्ञानेन्द्र प्रताप शाहलगायत बैंकका उच्च पदाधिकारीको उपस्थिति रहेकाे थियो।

उद्घाटन समारोहमा अध्यक्ष चौधरीले डिजिटल लाउञ्जमार्फत ग्राहकले २४सै घण्टा डिजिटल बैंकिङ सेवा लिन सक्ने बताए। उनले नवप्रवर्तन र डिजिटाइजेसनमा नबिल बैंक सधैं अग्रणी रहँदै आएको उल्लेख गरे । 

डिजिटल लाउञ्जमा ग्राहकले एटीएमबाट नगद झिक्न, क्यास डिपोजिट मेसिनमार्फत नगद जम्मा गर्न तथा कियोस्क मेसिनबाट चेक डिजिटली जम्मा गर्न सक्ने सुविधा उपलब्ध छ। प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एउटै स्थानमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध हुँदा ग्राहकको समय बचत हुनुका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास व्यक्त गरे ।