शनिबार, आश्विन १७ गते २०८३

रजत वर्ष प्रवेशको अवसरमा पब्लिक को–अपरेटिभद्वारा साइकल यात्रा

मंसिर १, २०७८ बुधबार
रजत वर्ष प्रवेशको अवसरमा पब्लिक को–अपरेटिभद्वारा साइकल यात्रा

 

पब्लिक को–अपरेटिभ लिमिटेडले आफ्नो २५औं रजत वर्ष शुरुवातको अवसरमा आन्तरिक पर्यटन प्रवद्र्धनका लागि साइकल यात्रा कार्यक्रम गरेको छ ।

संस्थाका अध्यक्ष महेशमान शाक्यको सभापतित्व एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालको प्रमुख आतिथ्यतामा साइकलयात्रा शुरु गरिएको हो । ‘स्वस्थ जीवन र स्वच्छ बातावरण’ भन्ने मूल नाराका १२३ जना साइकल यात्री फर्पिङ पुग्दा त्यस नगरपालिकाका मेयर मोहन बस्नेत  र उपमेयर बसन्ती डंगोल तामाङले स्वागत गर्नुका साथै सहभागीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

आन्तरिक पर्यटनलाई बढावा दिने उद्देश्यले ललितपुरको धोबीघाटदेखि फर्पिङको जलाशयसम्म २५ किलोमिटरको यात्रा तय गरिएको संस्थका व्यवस्थापक सुन्दरप्रसाद श्रेष्ठले जानकारी दिए ।

२०५४ सालमा मंसीर ३ स्थापना भएको संस्थाले रजत वर्ष विविध कार्यक्रम आयोजना गर्ने उनले जानकारी दिए । संस्थाले आगामी शनिवार खुल्ला स्वास्थ्य शिविरको आयोजना गरेको र सदस्यहरुले ७ वटा रोगको स्वास्थ्य जाँच गर्न पाउनेछन् भने मधुमेह रोगको परीक्षण सबैलाई निःशुल्क गरिएको छ ।

संस्थाले आर्थिक वर्ष २०७७।०७८ सम्म ३ करोड ३६ लाख शेयरपुँजी, ३५ करोड ८ लाख बचत संकलन र ३७ करोड ३२ लाख ऋण लगानी गरेको छ । संस्थाले यसै आ.व.मा संस्थाको आफ्नै भवनबाट सेवा दिनका लागि प्रक्रिया अगाडि बढाएको छ ।

public 2.jpg

सदस्य र समुदायको आर्थिक, सामाजिक तथा साँस्कृतिक उत्थानमा सदैव संस्थाको प्रयास रहेको हालसम्म २८१३ सदस्य आवद्ध भएको व्यवस्थापक श्रेष्ठले जानकारी दिए ।