गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकमको २२ औँ वार्षिकोत्सव समारोहमा बोल्दै टेलिकम केवल एक दूरसञ्चार संस्था मात्र नभई राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापको महत्वपूर्ण आधार भएको बताएका छन् । उनले नेपाल टेलिकम केवल एक दुरसञ्चार संस्था मात्र नभई राज्यको डिजिटल मेरुदण्ड भएको बताए ।
हिमालदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच पुर्याएर यस संस्थाले राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलाप गर्दै आइरहेको र प्राकृतिक विपद्, महामारी वा अन्य आपतकालिन अवस्थाहरुमा टेलिकमले खेलेको भूमिका महत्वपूर्ण भएको उनको भनाई छ । दुर्गम हिमाली क्षेत्रदेखि तराईका गाउँबस्तीसम्म सञ्चारको पहुँच विस्तार गरेर नेपाल टेलिकमले देशको समग्र विकासमा योगदान दिँदै आएको उनको भनाई छ ।
गृहमन्त्री अर्यालले आजको युगमा दूरसञ्चार मानव जीवनको आधारभूत आवश्यकतामा रूपान्तरित भइसकेको उल्लेख गर्दै दूरसञ्चार सेवा अत्यावश्यक भइसकेको धारणा राखे । उनले प्रतिस्पर्धी बजार, संस्थागत दायित्व, सेवा गुणस्तर र प्रविधिगत नवप्रवर्तनबीच सन्तुलन कायम गर्दै नेपाल टेलिकमले ग्राहक सन्तुष्टिलाई पहिलो प्राथमिकतामा राख्ने विश्वास व्यक्त गरे ।
नेपालपत्र संवाददाता