बुधबार, भाद्र ३ गते २०८३

सापकोटालाई विद्यावारिधीको उपाधी

कार्तिक ३०, २०७८ मंगलबार
सापकोटालाई विद्यावारिधीको उपाधी

 नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कून०का पूर्व प्रमुख कार्यकारी अधिकृत शिवजी सापकोटाले विद्यावारिधी उपाधी प्राप्त गरेका छन् । 

उनले बैंक र बचत तथा ऋण सहकारीहरुमा मानव श्रोत व्यवस्थापनको तुलनात्मक अध्ययन सोधपत्रसहित अमेरिकाबाट विद्यावारिधी उपाधी प्राप्त गरेका हुन् ।

उनले ३ दशमलव ९६ जिपिए प्राप्त गरेका छन् ।  काभ्रेको पनौती स्थित सामुदायिक बचत तथा ऋण सहकारी संस्थाबाट सहकारी क्षेत्रमा प्रवेश गरेका सापकोटा सहकारी क्षेत्रमा लागेको २३ वर्ष नाघिसकेको छ ।

२०५५ सालदेखि सहकारीमा प्रवेश गरेका सापकोटा २०६३ साल भदौ १ गतेदेखि नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ ९नेफ्स्कून०मा प्रवेश गरेका थिए।