बुधबार, भाद्र ३ गते २०८३

टेवा बहुउद्देश्यीय सहकारीद्धारा संस्थापक शेयर सदस्यलाई सम्मान

कार्तिक ३०, २०७८ मंगलबार
टेवा बहुउद्देश्यीय सहकारीद्धारा संस्थापक शेयर सदस्यलाई  सम्मान

 हात्तिवनमा रहेको  टेवा बहुउद्देश्यीय सहकारी संस्थाले   संस्थापक शेयर सदस्य  सम्मान  गरेको छ ।
 संस्थाका अध्यक्ष कुमार गीरीले सभापतित्व एवं उर्जा जलस्रोत तथा सिचाई मन्त्री पम्फा भुषालको   प्रमुख आतिथ्यतामा  कार्यक्रम आयोजना गरिएको हो ।  सहकारी संस्थाले आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा गरेको कार्यको प्रशंसा गर्दै उनले  सदस्यहरुको सेवामा निरन्तर लाग्न सुझाईन ।  संस्थाले ४० जना सेयर सदस्यहरुलाई  प्रमाण पत्र सहित सम्मान गरिएको थियोे ।

त्यसैगरी  कार्यक्रममाकेन्द्रिय बहुउद्देश्यीय सहकारी संघका सचिवअध्यक्ष माधव प्रसाद तिमल्सिना जिल्ला सहकारी संघ ललितपुरका अध्यक्ष माधव दुलाल, राष्ट्रिय सहकारी बैंकका कार्यकारी प्रमुख अधिकृत बद्री कुमार गुरागाई, बहुउद्देश्यीय सहकारी संघ लि.ललितपुरका अध्यक्ष शरद कुमार महर्जन राष्ट्रिय सहकारी बैंक लगनखेल शाखाकी शाखा प्रमुख रमा घिमिरे लगायतको उपस्थिति रहेको थियो । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत वृक्षारोपण, सरसफाई, रक्तदान र स्वास्थ शिविर जस्ता सामाजिक कामहरु गर्दै आईरहेको छ ।  संस्थाले महिला सदस्य सुत्केरी भएमा ९ हजारको दरले औषधी उपचार सुत्केरी पोषण दिने गरेको छ साथै टेवा स्वास्थ हित कोष अन्तर्गत औषधी अधिकतम उपचार खर्च ३०००० तीस हजारका दरले सदस्यहरु लाई दिने गरेको छ । संस्थाको सदस्यहरुको मृत्यु भएमा काजक्रिया खर्च ३०  हजारका दरले दिँदै आएको छ ।

आफ्ना सदस्यहरुलाई मोबाइल बैन्किङ क्यु आर कोड  सुविधाहरु प्रदान गदै  आएको छ । गत असार मसान्तसम्म सेयर पूँजी २२ करोड,बचत संकलन–१ अर्ब ५ करोड, ऋण लगानी १ अर्ब ३ करोड गरी कुल कारोबार  १ अर्ब ४५ करोड रहेको छ ।