शुक्रबार, कार्तिक ७ गते २०८३

बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले उपत्यकाबाटै दिन थाल्यो सबै सेवा


माघ १८, २०८२ आइतबार
बागमती प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले उपत्यकाबाटै दिन थाल्यो सबै सेवा

ललितपुर । बागमती प्रदेश सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको सहकारी रजिष्ट्रारको कार्यालयले अब उपत्यकाभित्रैबाट सेवा दिन शुरु गरेको छ । 

बागमती प्रदेश सरकार, सहकारी तथा गरिबी निवारण मन्त्रालय एक सूचना जारी गर्दै २०८२ माघ १८ गते आइतबारदेखि प्रदेश सहकारी रजिष्ट्रारको कार्यालय सहकारी महाशाखाबाट प्रवाह हुँदै आएको  सबै सेवा काठमाडौं उपत्यकास्थित ललितपुरको सानेपामा रहेको प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयबाट सञ्चालन हुने जनाएको हो । यसअघि विभिन्न स्थानबाट प्रदान हुँदै आएका सेवाहरू अब सानेपास्थित कार्यालयबाटै उपलब्ध हुने भएकाले सम्बन्धित सबै सरोकारवाला तथा सेवाग्राहीलाई सोहीअनुसार सेवा लिन मन्त्रालयले अनुरोध गरेको छ।

Bagmati Pradesh Kathmandu Office.jpg