स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । शुक्रबारको तुलनामा दुवै बहुमूल्य धातुको मूल्यमा गिरावट आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज (आइतबार) एक तोला छापावाल सुनको मूल्य ३ लाख रुपैयाँ कायम भएको छ भने चाँदी प्रतितोला ५ हजार ५०० रुपैयाँ मा कारोबार भइरहेको छ ।
गत शुक्रबार सुन प्रतितोला ३ लाख १८ हजार ८०० रुपैयाँ र चाँदी ७ हजार ६५ रुपैयाँ मा कारोबार भएको थियो । त्यसैगरी बिहीबार सुनको मूल्य ३ लाख ३९ हजार ३०० रुपैयाँ र चाँदी ७ हजार ५०५ रुपैयाँ रहेको थियो ।
लगातार केही दिनयता अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण स्थानीय बजारमा सुनचाँदीको मूल्य घट्दो क्रममा देखिएको व्यवसायीहरूले बताएका छन् ।
नेपालपत्र संवाददाता