
अरबिन्द रिमाल
महावलिदानी दिवस !
* नेपालकाे पहिलाे सङ्गठित क्रान्तिकारी राजनीतिक पार्टी नेपाल प्रजा परिषदका संस्थापक सदस्य। राजदर्बारमा निजामति सेवारत एवम् राजा त्रिभुवनका व्यायाम प्रशिक्षक यिनकै घर ॐ बहालमा टङ्कप्रसाद आचार्यकाे अध्यक्षतामा नेपाल प्रजा परिषदकाे पाच सदस्यीय संस्थापन सभा भएकाे हाे! सभा आयाेजन गर्दा सरकारी जासुसी जालबाट बच्ने उपाय गर्नुपरेकाेले घरकाे सानाे चाेकमा उनकाे व्यायामशिष्य तत्कालीन पुलीस हाकीमकै रेखदेखमा कुश्ती प्रतियाेगिता गराइएकाे थियाे। यसबाट त्यतिबेलाकाे राणाशासनकाे घाेर एकतन्त्रीय नियन्त्रणकाे परिचय पाइन्छ।
**संस्थापन सभाले दशरथ चन्दलाई उपाध्यक्ष, रामहरि शर्मालाई महासचिव , धर्मभक्त माथेमा तथा जीवराज शर्मा कार्यसमिति सदस्य चुन्याे !
**** प्रजा परिषद आन्दाेलनसँग राजा त्रिभुवनकाे गेाप्य सम्बन्धका सूत्रधार धर्मभक्त थिए भने कम्पाउण्डरर वद्री नारायण मानन्धरले पनि यस प्रसङ्गमा महत्त्वपूर्ण भूमिका खेलेकाे पनि उल्लेखनीय छ।
*****१९९७ सालकाे आजकै दिन धर्मभक्त माथेमालाई छातीमा अभियाेग जनाइएकाे र जनतालाई तर्साइएका पुर्जा सिहुरिएर शिफल डाँडामा बकेनाकाे रूखमा दुई पटक झुण्ड्याई हत्या गरिएकाे थियाे !
******राजनीतिक दृष्टिबाट प्रजा परिषद पर्चा आन्दाेलनका पहिला शहीद क्रान्तिवीर धर्मभक्त माथेमालाई शत शत नमन गर्दै जय नेपालको अभिवादन !
( सम्पूर्ण वरण अरविन्द रिमालकाे " १९९७ सालदेखि २०१७ साल-- एक अवलाेकन"मा)