आइतबार, आश्विन १८ गते २०८३

बंगलामुखी सहकारीले पायो प्राधिकरणबाट संस्था सञ्चालन इजाजत


माघ ७, २०८२ बुधबार
बंगलामुखी सहकारीले पायो प्राधिकरणबाट संस्था सञ्चालन इजाजत

सूर्यविनायमक नगरपालिका वडा नं.२ बसिडोलमा मुख्य कार्यालय रहेको बंगलामुखी बचत तथा ऋण सहकारी संस्थाले ‘संस्था सञ्चालन इजाजतपत्र’ लिएको छ । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको लागि दर्ता अभिलेखीकरण खुल्ला गरेसँगै उक्त संस्थाले पनि इजाजतपत्र लिएको हो ।

सहकारी प्राधिकरणले गत मंसीर २० गतेबाट सफ्टवेयर मार्फत सहकारी संस्थाको दर्ता अभिलेखीकरण खुला गरेको थियो । सोही अनुरुप संस्थाले पनि सम्पूर्ण प्रक्रिया पुरा गरी इजाजतपत्र लिएको जनाएको छ । बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम प्राधिकरणमा दर्ता अभिलेखीकरण गरी संस्था सञ्चालन इजाजतपत्र जारी गरेको इजाजतपत्रमा जनाएको छ । संस्थाको इजाजतपत्र नं. २०६४–००२२२ रहेको छ । बागमती प्रदेश, सहकारी तथा गरिवी निवारण मन्त्रालयमा दर्ता रहेको उक्त संस्थाको कार्यक्षेत्र भक्तपुर र ललितपुर जिल्लाका साथै काठमाडौं महानगरपालिका रहेको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत जगत कृष्ण श्रेष्ठका अनुसार यस आर्थिक बर्षको पौष मसान्तसम्म संस्थाको कुल सम्पत्ति १ अर्ब ५३ करोड २२ लाख रहेको छ । संस्थाको शेयर पुँजी १४ करोड ३५ लाख,जगेडा कोष ४ करोड ७ लाख, बचत संकलन १ अर्ब २२  करोड ३० लाख र ऋण लगानी १ अर्ब ८ करोड १४ लाख रहेको छ । संस्थामा ३ हजार ७१६ सदस्य आवद्ध रहेका छन् भने ५०२ जनाले संस्थाबाट ऋण सुविधा लिएका छन् । संस्थागत पुँजी ४ करोड ५७ लाख ६४ हजार रहेको संस्थाको अन्य कोषहरुमा ४ करोड २८ लाख ९७ हजार रकम  पुगेको छ । संस्थामा २३ प्रतिशत माथि तर