नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको विकल्प राजीनामा मात्रै भएको बताएका छन ।
बारको प्रदर्शन कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीशसँग वार्ता सम्भव नरहेको पनि बताए । ‘चोलेन्द्रशमसेर अब तपाईंसँग वार्ता हुन सक्दैन। तपाईंले वार्ता होइन राजीनामा दिनुहोस्। त्यसपछि सबै पक्षसँग छफफल गर्छौं,’ श्रेष्ठले भने ।
प्रधानन्यायाधीश जबराले जारी गरेको बिज्ञप्ति सुधारका लागि आएको नभइ सबैलाई भ्रममा राख्नका लागि मात्रै भएको उनले बताएका थिए । उनले प्रधानन्यायाधीशको राजीनामा नै आफूहरुको बटमलाइन रहेको बताएका छन् ।