आइतबार, आश्विन १८ गते २०८३

लक्ष्मी महिला साकोसले पनि पायो प्राधिकरणबाट इजाजतपत्र


माघ ६, २०८२ मंगलबार
लक्ष्मी महिला साकोसले पनि पायो प्राधिकरणबाट इजाजतपत्र

 

काभ्रेको चौकोटमा मुख्य कार्यालय रहेको लक्ष्मी महिला बचत तथा ऋण सहकारी संस्थाले पनि इजाजतपत्र प्राप्त गरेको छ । संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणबाट बचत तथा ऋणको मुख्य कारोबार गर्नका लागि इजाजतपत्र प्राप्त गरेको हो ।

प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुलाई सहकारी संस्था सञ्चालन इजाजतपत्र प्रदान गर्दै आएको छ । उक्त संस्थालाई पनि बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ को दफा ४ बमोजिम प्राधिकरणमा दर्ता गरी सञ्चालन इजाजपत्र प्रदान गरेको हो ।

संस्थाको इजाजतपत्र नं. २०५६ -००३०७ रहेको छ । पनौती, बनेपा र धुलिखेल नगरपालिका कार्यक्षेत्र रहेको उक्त संस्थाले बचत ऋणको मुख्य कारोबार गर्दै आएको छ ।  संस्थाले समुदायका  महिलाहरुलाई सदस्य बनाई बचत ऋणको कारोबार मार्फत् उनीहरुलाई आर्थिक तथा सामाजिक रुपमा सवल बनाउँदै आएको छ । संस्था त्यस क्षेत्रक एक अब्बल संस्थाको रुपमा स्थापित भएको छ ।