बुधबार, भाद्र ३ गते २०८३

सहकाली बचत तथा ऋण सहकारीको १८औं साधारणसभा सम्पन्न


माघ २, २०८२ शुक्रबार
सहकाली बचत तथा ऋण सहकारीको १८औं साधारणसभा सम्पन्न

 

काठमाण्डौको काँडाघारीमा रहेको सहकाली बचत तथा ऋण सहकारी संस्थाको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  

संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका अध्यक्ष राधेश्याम खड्काले स्वनियममा रहेर सदस्य केन्द्रित सेवा र सुविधाहरु प्रदान गरी संस्थागत सुशासन कायम गर्ने, संस्थालाई सदस्य तथा समुदाय केन्द्रित बनाउन अग्रसर हुने उल्लेख गरे । गत आर्थिक वर्षहरुमा तरलता संकुचन र असुलीमा भएको असहजताको कारण कर्जातर्फ चुनौति भएपनि संस्थाले चालु आ.व.मा ऋण लगानीको ठूलो हिस्सा घटाउन र बचत फिर्ता गर्न सफल भएको उल्लेख गरे । 

संस्थाका कोषाध्यक्ष किशोर बस्नेतले आर्थिक वर्ष २०८१÷८२ को विवरण प्रस्तुत गर्दै असार मसान्तसम्म शेयरपुँजी ९ करोड ७७ लाख रहेको जानकारी दिए । संस्थामा ३०३३ जना सदस्य रहेका छन् । संस्थाले त्यस अवधिमा ७६ करोड ५३ लाख बचत संकलन गरी ९८ करोड ४८ लाख ऋण लगानी गरेको छ । संस्थाको कुल  सम्पत्ति १ अर्ब ३० करोड ९६ लाख रहेको छ ।

लेखा सुपरीवेक्षण समितिका संयोजक कुमारप्रसाद चालिसेले समितिको प्रतिवेदन प्रस्तुत गर्दै संस्थाको मुख्य ब्यवसाय बचत तथा ऋण सापटीमा ध्यान केन्द्रित गर्नुपर्ने उल्लेख गरे । 

sahakali.jpg