निरन्तर बढदो साम्राज्यबादी–पूँजीवादी बिश्व संकटले अनिवार्यतः विश्वव्यापी आर्थिक अस्थिरता, अराजकता, मुद्रास्फीति, बेरोजगारी, र असमानतालाई असैह्यरुपमा बढाउँदछ । यो वास्तवमा पूँजीवादको अन्तर्निहित विरोधाभासकै परिणति हो। किनभने पूँजीवादमा उत्पादन साधनहरू केही मुठ्ठीभर मानिसका हातमा केन्द्रित हुँदा श्रमिक वर्गको सामाजिक उत्पादन सीमित पूजीपतिहरुको हातमा संकेन्द्रित हुन्छ । यो मजदुर बर्गको शोषणकै परिणाम हो । यसरी पूँजीवादमा मजदुर बर्ग अनिवार्यतः शोषणको चक्रमा पर्दछ र निरन्तर शोषित अबस्थाबाट गुज्रिन बाध्य हुन्छ । पूँजीवादी सत्ता रहेसम्म यो दुर्दशा कायम रहिरहन्छ ।
दोश्रो कुरा युद्ध र साम्राज्यवाद अपरिहार्यरुपमा परस्परमा जोडिएका हुन्छन् । माक्र्सवादी दृष्टिमा युद्ध केवल राष्ट्रहरु बीचको टकराव मात्र होइन, यो त पूँजीवादी साम्राज्यवादको अनिवार्य परिणाम हो। बिश्वका महत्वपूर्ण संसाधन, बजार, र प्रभुत्वका लागि साम्राज्यवादी शक्तिहरूले साना, कमजोर र बिकासशील राष्ट्रहरूलाई युद्धतिर धकेल्छन्। त्यसका लागि उनीहरु जे सुकै गर्न पनि पछि पर्दैनन् ।
आजको पूँजीवाद हिजो जस्तो छैन । यसले त आजहाइब्रिड द्वन्द्वको बिकास गरेको छ । त्यसैले आजको युद्ध केवल बन्दुक वा ट्याङ्कको प्रयोग गरेर लडिने युद्ध मात्र होइन—आज त योसाइबर आक्रमण, सूचना युद्ध, र आर्थिक नाकाबन्दी पनि समाबेश गरिने गरेको साम्राज्यवादको नयाँ रूपको युद्ध हो।
यस्तो बिकराल अबस्थामा भविष्यको बिश्वको सम्भावित दिशा के कस्तो होला र के हुनु पर्दछ भन्ने कुरा अत्यन्तै महत्वपूर्ण छ । के कुरा स्पष्ट छ भने पूँजीवादमा अत्यधिक असमानता बिकसित हुन्छ । के कुरा स्पष्ट छ भने बिज्ञान र प्रबिधिको तीब्र बिकास र उन्नयले गर्दा पूँजीवादले उत्पादन बढाउँछ तर वितरण असमान बनाउँछ। यसले सामाजिक विद्रोहलाई जन्म दिन्छ।
संसाधन संघर्षको कुरा : पानी, ऊर्जा, र खाद्य संकटले वर्गीय द्वन्द्वलाई अझ तीव्र बनाउनेछ।
साम्राज्यवादी युद्ध विस्तारः
ठूला शक्तिहरूबीचको प्रतिस्पर्धा साना राष्ट्रहरूलाई प्रोक्सी युद्धमा फसाउने सम्भावना छ।
क्रान्तिकारी सिंहावलोकन गर्दा मार्क्सबादी दृष्टिकोणले प्रष्टसँग मान्दछ र भन्दछ कि युद्धको जड पूँजीवाद हो। जबसम्म उत्पादन साधनहरू निजी स्वामित्वमा रहन्छन्,वर्गले यसरी एकताबद्ध किसिमले साम्राज्यवादविरुद्ध उठ्न सके मात्र शान्ति सम्भव हुन्छ। क्रान्ति अपरिहार्य छ। पूँजीवादको अन्तर्निहित विरोधाभासले अन्ततः समाजलाई समाजवादतिर धकेल्छ नै । तर यसलाई बुझेर समय सापेक्ष पहल प्रयत्न मजदुर बर्गको सबैभन्दा सचेत दस्ता कम्युनिष्ट पार्टीले गर्नु पर्दछ । प्रतिक्षामा मौन बसेर माक्र्सबादको माला जपेर न जनबाद न बैज्ञानिक समाजबाद नै आउँदछ ।
निष्कर्श
भयावह बन्दै गएको वर्तमान बिश्व स्थिति केवल संयोग होइन, पूँजीवादी प्रणालीको अनिवार्य परिणाम हो। यदि बिश्वमा श्रमिक वर्ग मौन रह्यो भने भविष्य अझै थप युद्ध, असमानता, र संकटले भरिनेछ। तर यदि श्रमिक वर्गले क्रान्तिकारी चेतना र संगठन निर्माण ग¥यो भने—भविष्य नयाँजनबादी क्रान्तिका कार्यभार पूरा गर्दै समाजवाद र शान्तितिर मोडिन सक्छ । बिश्वका श्रमजीवीको संघर्ष यसै दिशातर्फ केन्द्रिय हुुन आजको अपरिहार्य अन्तर्राष्ट्रिय आवश्यकता हो ।