आइतबार, आश्विन १८ गते २०८३

श्रीनिधि साकोसको १४ औं साधारण सभा सम्पन्न, कुल सम्पत्ति ८८ करोड माथि


पौष २८, २०८२ सोमबार
श्रीनिधि साकोसको १४ औं साधारण सभा सम्पन्न, कुल सम्पत्ति ८८ करोड माथि


बीरगञ्ज महानगरपालिका  वडा नं ६ मा रहेको श्रीनिधि बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औं वार्षिक साधारण सभा  सम्पन्न भएको छ । संस्थाका अध्यक्ष  प्रेम चुडामणि बज्राचार्यको सभापतित्वमा सभा सम्पन्न भएको हो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्वन्धी निर्देशनको पूर्ण पालना गर्दै संस्थाले सभा समपन्न गरेको जनाएको छ ।  सभामा संस्थाका प्रमुख कार्यकारी अधिकृत चन्देश्वर प्रसाद चौरसियाले वार्षिक प्रतिवेदन ,नीति तथा कार्यक्रम प्रस्तुत  गरेका थिए । उनले गत आर्थिक बर्षमा संस्थाको कुल कारोबार हाल ८८ करोड ८२ लाख  पुगेको बताए । 

त्यसैगरी संस्थाले गत असास मसान्तसम्म सेयर पुँजी ३ करोड ३१, लाख ,बचत ७२ करोड ६३ लाख र  विचिन्न कोषहरू ४ करोड ७२ लाख  पुर्याउन सफल भएको उनले बताए । संस्थाले  ६० करोड ५८ लाख ६६ हजार  गरी  आयकर व्यवस्था अघि  १ करोड ३१ लाख १३ हजार  गरेको सभामा जानकरी दिए ।  संस्थाको स्थिर सम्पत्ति रु ४ करोड ६९ लाख ४६ हजार रहेको छ। उनले  संस्थाको कार्यालय प्रयोजनको लागि आदेशनगर स्थित जग्गा खरिद गरिएको र उक्त  जग्गामा भवन चाँडै निर्माण कार्य सुरु गर्ने बताए। संस्थाले विभिन्न प्रविधितर्फ मोबाइल  बैकिङ्ग सेवा  सुरु गरेको र उक्त एप्पको प्रयोग गरी टप लगायत  विभिन्न सेवाहरू  लिन सकिने उनको भनाई छ । 

7a54f581-5198-46bf-b4fc-997290f7a5df.jpeg

वार्षिक साधारणसभामा उपाध्यक्ष मनोज प्रसाद, सचिव निर्मला देवी चौरसिया, कोषाध्यक्ष ओम प्रकाश कलवार, संस्थाका अधिकृत महेश कुमार सहनी हिरालाल चौरसिया बिमल सिमरिया मधु चौधरी कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख जिष्णु बराल, विभिन्न सहकारी संस्थाका सञ्चालकहरू प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। कार्यक्रमको स्वागत मन्तव्य योगेश्वर प्रसाद चौरसियाले गरेका थिए  । सभामा सदस्यहरुलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको थियो ।

022-1768111351.jpg