परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । नेफ्सकुनका सञ्चालक तथा बाग्मती प्रदेश बचत संघका महासचिव जिवसराज खड्काको प्रमुख आथित्यतामा सभा सम्पन्न भएको हो ।
सभाले आगााी ४ वर्षका लागि सञ्चालक समिति तथा लेखा सुपरिवेक्षण समितिको चयन समेत गरेको छ । सभाबाट शर्मिला सापकोटाको अध्यक्षतामा ११ सदस्यीय सञ्चालक समिति र जानकी सापकोटाको संयोजकत्वमा ३ सदस्यीय लेखापरीक्षण समितिको सर्वसम्मत चयन भएको हो ।
सञ्चालक समितिको उपाध्यक्षमा अप्सरा चौलागाई, सचिवमा कल्पना आचार्य, कोषाध्यक्षमा भवानी खड्का र सदस्यहरु निर्वाचित भएका छन् । निर्वाचन कार्यक्रमका संयोजक कृष्णप्रसाद दहालले सबै निर्वाचित पदाधिकारी, सदस्यलाई प्रमाणपत्र वितरण गरेका थिए ।
सभामा संस्थाकी सचिव अप्सरा चौलागाईंले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् । त्यसैगरी कोषाध्यक्ष सृजना न्यौपानेले आर्थिक वर्ष २०७७।०७८ संस्थाको आर्थिक प्रतिवेदन पेश गर्दै कुल कारोबार १२ करोड ३५ लाख ७० हजार रहेको जानकारी दिइन् ।
दोलखाको सदरमुकाम चरिकोटमा रहेको परोपकार महिला साकोसमा एक हजार ७ सय ५१ जना सेयर सदस्य र ३२७ जना बाल बचतकर्ता रहेका छन् ।
संस्थाले आफनो शेयर सदस्यहरुलाई विभिन्न बचत सेवाहरु प्रदान गर्दै विभिन्न शिर्षकमा ऋण लगानी गर्दै आएको छ । समय समयमा विभीन्न सीपमुलक तालिम र मानव संशाधन नीतीमा भएको व्यवस्था अनुरुप सेवा सुविधा प्रदान गर्दै आएको छ ।
परोपकार महिला बचत तथा ऋण सहकारी संस्था लिमीटेडको अध्यक्ष सर्मिला सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका महासचिव जिवसराज पौडेलको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा संस्थाले ज्येष्ठ सदस्य राजमाया श्रेष्ठ, उत्कृष्ट दैनिक ऋण कारोबार सदस्य रसिका श्रेष्ठ, उत्कृष्ट मासिक बचत कर्ता स्वस्थानी बुढाथोकी, उत्कृष्ट दैनिक बचत गर्ने जगत कुमारी श्रेष्ठ, उत्कृष्ट ऋणी राधिका पौडेल, बाल बचत कर्ता प्रज्ना बस्नेत र उत्कृष्ट कर्मचारी प्रमिला बस्नेतलाई नगत र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा बागमती प्रदेशका महासचिव एवं प्रमुख अतिथि जिवसराज खड्का , भिमेश्वर नगरपालिकाका सहकारी विभाग प्रमुख नारन सेडाई, अर्थभुमि साकोसकी सन्चालक सदस्य रिता रिमाल लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
