बुधबार, भाद्र ३ गते २०८३

‘स्वास्थ्य बिमा बापत करोडौं भुक्तानी दिन बाँकी छ,निर्णायक कदम चाल्ने बेला आयो ’


पौष २१, २०८२ सोमबार
‘स्वास्थ्य बिमा  बापत  करोडौं  भुक्तानी  दिन बाँकी छ,निर्णायक कदम चाल्ने बेला आयो ’

स्वास्थ्य तथा जनसंख्या मन्त्री डा.सुधा गौतमले स्वास्थ्य बिमाको  निर्णायक कदम चाल्नु पर्ने अवस्था रहेको बताएकी छन् ।  आज काठमाडौंमा आयोजित वित्तिय व्यवस्थापन सम्बन्धी गोष्ठि कार्यक्रममा बोल्दै  उनले स्वास्थ्य बिमा धेरै नै गार्हो अवस्थामा रहेको बताइन् ।  

करोडौं रुपैयाँको भुक्तानी बाँकी रहेको भन्दै यस विषयमा एउटा निर्णायक कदम नचाले बिमा कार्यक्रम अगाडि बढ्न नसक्ने  उनले प्रष्ट पारिन् । उनले वर्तमान सरकारले बिमा, औषधी र आपूर्ती तीन विषयलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि जानकारी गराएकी छन् ।