मंगलबार, आश्विन २० गते २०८३

हिमालयन रि-इन्स्योरेन्सको अध्यक्षमा मिश्र,तीन सञ्चालक भए नियुक्त


आश्विन १९, २०८३ सोमबार
हिमालयन रि-इन्स्योरेन्सको अध्यक्षमा मिश्र,तीन सञ्चालक भए नियुक्त

 हिमालयन रि–इन्स्योरेन्स कम्पनीको सञ्चालक समिति अध्यक्षमा दिपेन्द्र कुमार मिश्र नियुक्त भएका छन् । कम्पनीको असोज १५ गते बसेको संचालक समितिको ९१औं बैठकले संचालक समितिको रिक्त संचालक अध्यक्ष पदमा संचालक मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । 

यस्तै, कम्पनीको असोज १५ गते नै बसेको संचालक समितिको ९० औं बैठकबाट संस्थापक सेयरधनीहरूको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको पनि नियुक्ती भएको छ । जसमा नेपाल बैंकको तर्फबाट होम बहादुर खड्का, हंसराज हुलासचन्द एण्ड कम्पनीको तर्फबाट नितेश तोदी र कालिका फिनकर्ष प्रालिको तर्फबाट पल्लव श्रेष्ठ नियुक्त भएका छन् ।