आइतबार, आश्विन १८ गते २०८३

कर्मणा सहकारी संस्थाको २५ औं साधारण सभा सम्पन्न, कुल सम्पत्ति ६५ करोड पुग्यो


पौष २०, २०८२ आइतबार
कर्मणा सहकारी संस्थाको २५ औं साधारण सभा सम्पन्न, कुल  सम्पत्ति  ६५ करोड  पुग्यो


ललितपुरको सातदोबाटोमा मुख्य कार्यालय  रहेको कर्मणा बचत तथा ऋण सहकारी संस्थाको २५ औं साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सहदेव बञ्जाराको सभापतित्वमा भएको साधारण सभाको प्रमुख अतिथि संस्थापक सदस्य देवी प्रसाद घिमिरे रहेका थिए ।

संस्थाले राष्ट्रिय सहकारी नियमन प्राधिकरणले जारी गरेको साधारण सभा सम्बन्धी निर्देशनको पूर्ण पालना गर्दै सदस्यहरु माझ वार्षिक नीति तथा कार्यक्रम माथि व्यापक छलफल गरी सभा सम्पन्न गरेको हो । सभामा प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बञ्जाराले  सदस्यहरुको आर्थिक, सामाजिक तथा सांस्कृतिक अवस्थामा परिवर्तन गर्ने उदेश्यका साथ संस्थाले काम गर्दै आएको बताए । उनले वाह्य परिस्थिती प्रतिकूल रहेको अवस्थामा समेत  संस्थालाई अझ क्रियाशिल र विश्वासिलो संस्था बनाउन  नियमित कारोबार गरी सहयोग गरेकोमा सदस्यहरुलाई आभार व्यक्त गरे । अध्यक्ष बञ्जाराले  सदस्यहरुलाई संस्थामा निरन्तर र नियमित कारोबार मार्फत सकारात्मक र रचनात्मक सल्लाह सुझाव समेत दिन सभामा आग्रह गरे ।

a966ab2b-f3c3-4ff0-8a11-428818514ede.jpegसंस्थाले  खुद नाफा बाँडफाँड अनुसार नै संरक्षित पूँजी फिर्ताकोषमा रकम व्यवस्था गरेकाले सक्रिय भई कारोबार गर्ने सदस्य लाभान्वित हुने हुँदा संस्थामा निष्कृय नभई सक्रिय कारोबार गर्न उनको भनाई छ । यस आ.व.मा संस्थाले नियमानुसार कर्जा नोक्सानी व्यवस्था गरी शेयर पूँजीको अनुपातले औसतमा ५ प्रतिशत भन्दा बढि खुद बचत गरेर नियमानुसार जगेडा कोष र कर्जा नोक्सानी कोषको व्यवस्था गरी शेयर लाभांश कोष र  संरक्षित पूँजी फिर्ता कोषको वितरण  मार्फत् सदस्यहरुलाई लाभान्वित गराउने प्रस्ताव सभाले पारित गरेको उनले बताए  ।

संस्थाले ७० वर्ष भन्दा माथि उमेरका जेष्ठ सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गर्ने कार्यलाई निरन्तरता दिने, सहकारीको सहयोगमा साना उद्योग, व्यवसाय प्रवद्र्धनका लागि युवा वर्ग लक्षित सहकारी शिक्षा तथा तालिम र व्यवसायिक कार्यक्रम सञ्चालन गरिने र सदस्यका छोराछोरीलाई शैक्षिक क्रियाकलापमा छात्रवृतिका माध्यमले सहयोग पु¥याउने उनले सभामा जानकारी दिए ।
 सभामा कोषाध्यक्ष प्रतिभा प्रदानले आर्थिक बर्ष २०८१/८२ को आर्थिक प्रतिवदन प्रस्तुत गर्दै २०५७ साल भाद्रमा २५ जना शेयर सदस्य र २५ लाख पूँजीबाट संस्था सुरु गरिएको बताइन् । उनले गत असार मसान्तसम्म संस्थाको शेयर पुँजी ५ करोड ५४ लाख, बचत संकलन ४९ करोड, ऋण लगानी ५३ करोड १९ लाख गरी कुल सम्पत्ति ६५ करोड पुगेको सभामा जानकारी दिइन् । संस्थामा २ हजार ३ सदस्य अवाद्ध रहेको भन्दै उनले संस्थाको जगेडा कोषमा ३ करोड १६ लाख पुगेको बताइन् ।

सदस्यहरुको समेत योगदानमा सदस्य हितकोष स्थापना गरिएको र उक्त कोषमा ८७ लाख ६६ हजार पुगेको जानकारी दिँदै उनले नियमित बचत मार्फत निश्चित उमेर पुगेका सदस्यलाई सामाजिक सुरक्षाका रुपमा बचत फिर्ता गर्ने योजना रहेको बताइन् । संस्थाले गत आ.व.मा २८ लाख ३६ हजार खुद बचत गर्न सफल भएको छ ।  संस्थामा  आवद्ध कुल सदस्य मध्ये सभामा १ हजार ६५० जनाको उपस्थिति रहेको थियो ।  संस्थाका सचिव रेवती प्रसाद घिमिरेले सञ्चालन गरेको  सभामा  उपाध्यक्ष विष्णु दाहालले स्वागत मन्तव्य  राखेका थिए ।  

dbebdf8b-3122-43ca-a1f4-07996f34613d.jpeg

संस्थाले लेखा समितिका सदस्य तथा लायन्स क्लब महिमाका  लायन गणेश आचार्य र सामाजिक उपसमितिका संयोजक, सञ्चालक हरि प्रसाद दाहालको संयोजनमा   गरेको रक्तदान कार्यक्रममा २७   जनाले रक्तदान गरेका थिए  । सो अवसरमा  उत्कृष्ट नियमित कारोबार गरी योगदान गरेका १४ जना तथा सदस्यहरु मध्ये सबभन्दा कम उमेरका १ युवा सदस्य र लामो समयदेखि सदस्य रहेर हाल ७० वर्षको उमेर समूहका ११ जना जेष्ठ सदस्यलाई सम्मान गरिएको थियो । साथै संस्थामा लामो समय देखि कार्यरत  रही निष्ठापूर्वक उल्लेखनिय योगदान गरेकोमा प्रवन्धक रमेश घिमिरेलाई कदर पत्र  प्रदान गरिएको थियो । 

44097a5e-c830-4ef6-a880-003bf67a2ca2.jpeg