बुधबार, भाद्र ३ गते २०८३

ढलेका निजी क्षेत्रका संरचना पुनर्निमाण भए फेरि जल्दैनन् भन्ने ग्यारेन्टी दिन सरकार तयार


पौष १६, २०८२ बुधबार
ढलेका निजी क्षेत्रका संरचना पुनर्निमाण भए   फेरि जल्दैनन् भन्ने ग्यारेन्टी दिन सरकार तयार

प्रधानमन्त्री सुशीला कार्कीले देशको अर्थतन्त्र उकास्ने भनेकै नीजि क्षेत्र भएको बताएकी छन् ।  व्यवसायीलाई पनि मर्यादित र असल ढंगमा व्यापार व्यवसाय गर्न उनले आग्रह गरिन् । ‘यो सरकार ठूलो नीतिगत फड्को मार्न आएको होइन । कानुन बदल्ने अधिकार समेत यो सरकालाई छैन,’ कार्कीले भनिन्, ‘जेनजी आन्दोलनको जगमा बनेको यो सरकारले सम्मानीय राष्ट्रपतिबाट प्राप्त कार्यदेशअनुसार सुशासनको जग बसाल्दै राजनीतिक स्थायीत्वमा काम गरिरहेको छ ।’ उनले सोहीअनुसार वर्तमान सरकारले काम गरिरहेको बताइन् । 

ढलेका निजी क्षेत्रका संरचना पुनर्निमाण भएमा फेरि जल्दैनन् भन्ने ग्यारेन्टी दिन तयार हुने प्रतिबद्धता सबैले जनाउन आवश्यक भएको कार्कीको भनाइ छ । ‘उद्यमी व्यवसायीलाई द्रुत सेवा र सुरक्षा प्रदान गर्ने सुनिश्चिततासहित बन्द हडताल, तोडफोड आगजनी लगायतका कुरा नहुने वातावरण बनाऔं,’ कार्कीले भनिन्, ‘यसका लागि मेरो मन्त्रिपरिषद सदस्यसँग छलफल गरी आवश्यक निर्णय लिने जानकारी गराउन चाहन्छु ।’