शुक्रबार, कार्तिक ७ गते २०८३

संरक्षित पुँजी फिर्ता कोष अन्तर्गत संचित साकोस सम्मानित

कार्तिक २६, २०७८ शुक्रबार
संरक्षित पुँजी फिर्ता कोष अन्तर्गत संचित साकोस सम्मानित

 

संचित बचत तथा ऋण सहकारी संस्था लि. सम्मानित भएको छ । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको १७ औं वार्षिक साधारणसभाको अवसरमा संघले संरक्षित पुँजी फिर्ता अन्तर्गत ऋणतर्फ सबैभन्दा बढी कारोबार गरेकोमा संचितलाई सम्मान गरेको हो । संस्थाले संघको आ.व. २०७७।७८ को कूल ब्याज आयमा ३६.२१ प्रतिशत योगदान गरेको छ ।

सभाका प्रमुख अतिथि नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले संस्थाका अध्यक्ष योगेन्द्र बहादुर खरबुजालाई सम्मानपत्र हस्तान्तरण गरेका हुन् । संस्थाले २०७४ मा ७.१३, २०७५ मा ७.८१, २०७६ मा ८.२, २०७७ मा १०.८९ र २०७८ मा ३६.३१ प्रतिशत योगदान गरेको थियो । 

संचितले आर्थिक वर्ष २०७७।०७८ सम्ममा संस्थाका कुल सदस्य संख्या २५१७ पुगेको, शेयरपुँजी २ करोड १८ लाख ८२ हजार, बचत संकलन ४२ करोड ८२ लाख ३६ हजार, ऋण लगानी ४३ करोड १२ लाख ६६ हजार गरेको छ । त्यस अवधिमा संस्थाको कुल सम्पत्ति ५७ करोड ७६ लाख पुगेको छ । 

योसँगै ऋणतर्फ सागबारी साकोस र तौडोल छाप साकोसले २०७८ मा १४.९१ र ९.८९ प्रतिशत संघको ब्याज आयमा योगदान गरी सम्मानित भएका छन् । 

sanchit samman.jpg