शुक्रबार, कार्तिक ७ गते २०८३

चन्द्रागिरि साकोसको २४औं साधारणसभा सम्पन्न, बचत संकलन २ अर्ब


पौष ६, २०८२ आइतबार
चन्द्रागिरि साकोसको २४औं साधारणसभा सम्पन्न, बचत संकलन २ अर्ब

 

चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्थाको २४ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । विभिन्न ४ ठाउँमा ईकाई साधारण सभाहरु सम्पन्न गरी त्यहाँबाट चयन भएका प्रतिनिधिहरु सम्मिलित निर्णय प्रमाणित गर्ने सभाले समान कार्यसूचीका विभिन्न ११ वटा कार्यसूचीहरुलाई प्रमाणित गरेको हो । 

संस्थाको उपाध्यक्ष हरिहर सिग्देलको अध्यक्षतामा सम्पन्न भएको उक्त निर्णय प्रमाणित गर्ने सभामा संस्थाका सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, सल्लाहकार परिषदका संयोजक तथा सदस्यहरु, विभिन्न उपसमितिका सदस्यहरु, ईकाई सभाबाट चुनिनुभएका प्रतिनिधि सदस्यहरु र व्यवस्थापनका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । 

संस्थाका सचिव शरद कुँवरले सञ्चालन गरेको साधारण सभा प्रमाणिकरण कार्यक्रममा वार्षिक प्रतिवेदनहरुको संक्षिप्त विवरण संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले प्रस्तुत गरेका थिए । 

जस अनुसार आ. व.२०८१/८१ को अन्त्यसम्ममा संस्थामा २२ हजार ४०४ सदस्य, रहेका छन् । त्यसैगरी शेयर पुँजी २२ करोड ७५ लाख, बचत संकलन २ अर्ब १ करोड ९७ लाख तथा ऋण लगानी २ अर्ब २३ करोड ८४ लाख रहेकाे छ । त्यस अविधमा संस्थाले कर अघिकाे नाफा ४ करोड आर्जन गरेको छ। 

संस्थाका सञ्चालक समितिका सदस्य इन्द्रबहादुर महर्जनले स्वागत गरेको उक्त कार्यक्रममा सल्लाहकार परिषदका पूवं संयोजक प्रा .डा. रामशरण पाठक, सञ्चालक रुपा थापामगर र सदस्य नरेश बास्कोटा उपाध्ययले प्रस्तुत प्रतिवेदनहरुमा आ–आफ्नो धारणा राखेका थिए । कोषाध्यक्ष मीना कुमारी खरालले धन्यवाद दिएकी थिइन् । 

संस्थाका उपाध्यक्ष हरिहर सिग्देलले संस्थाको अवस्था प्रतिवेदनमा सविस्तार प्रस्तुत गरिएको बताउँदै यस संस्थाका परिकल्पनाकारहरु र नेतृत्वकर्ताहरु विस्तारै भूमिकाबाट बाहिर रहँदै गएपनि संस्थाले गरेको परिकल्पना भविष्यका नेतृत्व गर्ने व्यक्तिहरुले मर्न दिन नहुने विचार व्यक्त गरेका थिए । 

chandragiri saccos.jpg