अखिल नेपाल किसान यूनियनले ग्यासकाे रू ७५ सहीत सबै पेट्राेलय पदार्थकाे पुनः गरेकाे चर्काे मूल्य बृध्दिकाे तीब्र बिराेध गर्दै त्याे मूल्य बृध्दि ततकाल फिर्ता लिन जाेडदार माग गरेकाे छ । अखिल नेपाल किसान यूनियनका अध्यक्ष लाेकनारायण सुबेदीले एक बक्तब्य निकाल्दै याे सरकारकाे जनताप्रतिकाे यस्ताे गैर जिम्मेवारीपूर्ण र जनतामारा कदम हाे भनेर बिराेध जनाएकाे हाे । यूनियनले निकालेकाे बक्तब्यकाे पूर्ण बिवरण यस प्रकार छ :
मूल्य बृध्दि बिरूध्द अखिल नेपाल किसान यूनियनको तीब्र बिरोध
खाना पकाउने ग्यासको पुनः चर्को प्रति सिलिण्डर रू ७५ मूल्य बृध्दि गरेर जनताको ढाड सेक्नुका अतिरिक्त पेट्रोल, डिजेल र मट्टितेल प्रत्येकमा प्रति लिटर रू ३ र हवाइ इन्धन बाह्य र आन्तरिक दुबैमा प्रतिलिटर रू ५ मूल्य बढाएर चाड बाडका बेलामा सरकारले जनताको नराम्रोसँग ढाड सेकेको छ। यसले शहरी र ग्रामीण बहुसंख्यक किसान उपभोक्ता ठूलो मार्कामा परेका छन् । अखिल नेपाल किसान यूनियन जनतामारा यस मूल्य बृध्दिको तीब्र बिरोध गर्दै यो बढेको मूल्य बृघ्दी तुरून्त फिर्ता लिन जोडदार माग गर्दछ ।
किसान लगायत देशका बहुसंख्यक जनताको हित बिपरीत चुहावटकारी नाफाखोरहरूको हितमा मूल्य समायोजनका नाममा गरिने मूल्य बृध्दिले पटक पटक जनताको ढाड सेकेको सेक्यै छ । चाडबाडको मौका छोपेर नाफाखोरहरूले चामल दाल, चिउरा, तेल, तरकारी, फलफूल र फूलमा समेत मूल्य बढाएर जनता मर्नु न बाँच्नुको स्थितमा पुग्दा समेत कथित बजार अनुगमनको नाटक गर्ने सरकार कानमा तेल हालेर बसेको र यसरी साता साता दिनमै जनताले धान्नै नसक्ने मूल्य बृध्दि गरेकोले मसर्बत्र सरकारको बिरोध भइरहेको छ ।
सरकाले यो मूल्य बृध्दि तुरून्त फिर्ता लिदैन र जनतालाइ राहत दिदैन भने मार्कामा परेका सम्पूर्ण जनता सकडमा उत्रिएर प्रतिबाद गर्नुको कुनै बिकल्प छैन भन्ने पनि अखिल नेपाल किसान यूनियन चेतावनी दिन चाहन्छ र किसान लगायत सम्पूर्णा जन समुदायमा जनतामारा सरकारका बिरूध्द खबरदारी गर्न जोडदार आग्रह गर्दछ ।
लोकनारायण सुबेदी
अध्यक्षा
अखिल नेपाल किसान यूनियन