राष्ट्रिय सहकारी नियमन प्राधिकरणमा दर्ता भएका सहकारी संस्था मात्रै कर्जा सूचना केन्द्रमाआवद्ध हुन पाउने भएका छन् । प्राधिकरणमा आवद्ध भएको प्रमाणपत्रका साथै संस्थागत कागजात उपलब्ध गराएपछि मात्रै संस्थाहरु सूचना केन्द्रमा जोडिन सक्ने भएका हुन् ।
लिखित र मौखिक जाहेरीका आधारमा ऋणीहरुलाई कालो सूचीमा राख्न नसकिने हुँदा प्रविधिको माध्यमबाट सबै प्रक्रियाा अगाडि बढ्ने भएकाले संस्थाहरु पनि डिजिटल रुपमा अगाडि बढ्नुपर्ने केन्द्रले जनाएको छ। । कागजातहरुलाई पूर्ण रुपमा डिजिटलाइज गर्न केन्द्रको आग्रह छ । हस्तलिखित ऋण लगानी विवरणलाई कम्प्युटराइज गर्न र सिष्टमेटिक फाइल बनाएर अगाडि बढ्न केन्द्रको सुझाव छ । सूचना केन्द्रसँग मिल्ने सिष्टम खडा गरेपछि मात्र काम गर्न सहज हुने उसले जनाएको हो ।
यता सहकारी प्राधिकरणले बचत तथा ऋणको मुख्य कारोबार गर्ने सहकारी संस्थाहरुको लागि गत मसिर १० गतेदेखि दर्ता/अभिलेखिकरण खुल्ला गरेको छ । सहकारी संस्थाहरुले अनलाइन वेबसाइटमार्फत् प्राधिकरणले मागेका कागजात अध्यावधिक गरी संस्था दर्ता गर्न सकिने र दर्ताको प्रमाणपत्र समेत विद्युतीय माध्यमबाट नै लिने सक्ने व्यवस्था मिलाइएको छ । प्राधिकरणले ६० दिनको समय दिएर संस्थाहरुलाई दर्ता लागि आव्हान गरेको छ ।
नेपालपत्र संवाददाता