बुधबार, भाद्र ३ गते २०८३

नेचुरल साकोसको ईकाइगत रुपमा साधारणसभा सम्पन्न, समग्र वित्तीय सूचकाङ्कमा वृद्धि


मंसिर २८, २०८२ आइतबार
नेचुरल साकोसको ईकाइगत रुपमा साधारणसभा सम्पन्न, समग्र वित्तीय सूचकाङ्कमा वृद्धि

 

नेचुरल बचत तथा ऋण सहकारी संस्थाको समग्र वित्तीय सुचकाङ्कहरुमा वृद्धि भएको छ । संस्थाकोे आर्थिक बर्ष २०८१/८२ को असार मसान्तसम्म समग्र वित्तीय सुचकाङ्कहरुमा वृद्धि भएको हो । संस्थाले एकाइ तीन अन्तर्गत आयोजना गरेको १७औं साधारण सभाको अवसरमा वित्तीय सुचाकाङकहरुमा वृद्धि भएको जनाएको हो । 

संस्थाले सहकारी नियमन प्राधिकरणको साधारण सभा सम्बन्धी निर्देशनको पालना गर्दै क्षेत्रगत रुपमा साधारण सभा गरेको छ । संस्थाले एकाइ तीन अन्तर्गत मुख्य कार्यालय टुसाल र काँडाघारी सेवा केन्द्रका सदस्यहरुलाई लक्षित गरी साधारण सभा आयोजना गरेको थियामे । संस्थाकी अध्यक्ष शर्मिला सिल्पकारको अध्यक्षतामा भएको साधारण सभाा सचिव विकल्प पाठकले समग्र वित्तीय अवस्थाका साथै संस्थाका गतिविधिका बारेमा जानकारी दिएका थिए । 

सचिव पाठकले प्रतिवेदन प्रस्तुत गर्दै गत आ.व.मा शेयर पुँजी १६ करोड ५२ लाख, बचतमा १३ प्रतितशले वृद्धि भई  २ अर्ब ४ करोड २५ लाख र ऋण लगानीमा २.५२ प्रतिशतले वृद्धि भई १ अर्ब ९६ करोड १२ लाख पुगेको जनाए । त्यसैगरी संस्थाको जगेडा कोषमा ८.३८ प्रतिशतको दरले वृद्धि भई १२ करोड ८० लाख पुगेको उनले सभामा जानकारी दिए । संस्थाको कुल सम्पत्तिमा ९.०५ प्रतिशतले वृद्धि भई  गत असार मसान्तसम्म २ अर्ब ९४ करोड १६ लाख पुगेको छ । संस्थाको स्थिर सम्पत्ति २१ करोड १० लाख रुपैयाँ रहेको छ । 

596812320_1441308384453566_5331109725119117732_n.jpg

सहकारीहरुमा समस्या आउनुको मुख्य कारण तरलता व्यवस्थाको कमी भएको भन्दै सचिव पाठकले गत आ.व.मा २३.८९ प्रतिशत अर्थात ४८ करोड तरलता कायम गरिएको बताए । पल्र्स र सहकारी प्राधिकरणको मापदण्डले बढीमा १५ प्रतिशतसम्म तरलता कायम गरे पुग्ने भए पनि अहिलको विषम परिस्थितिलाई मध्यनजर गरी बढी तरलता लिएर बसेको उनले सभामा जानकारी दिए । 

संस्थाको सदस्य संख्यामा २.९ प्रतिशतले वृद्धि भई १४ हजार माथि पुगेका छन् । संस्थाले प्रविधिमैत्री सेवालाई अगाडि बढाएको र प्रविधिको प्रयोगमार्फत् हुने कारोबारमा नेचुरल एक नम्बर भएको उनको भनाई छ । संस्थाले सहकारी अभियानमा नै नयाँ नयाँ प्रविधिको प्रयोग गरी सदस्यहरुलाई आधुनिक सेवा प्रदान गर्दै आएको र गत वर्ष २ अर्ब २५ करोड ५५ लाख रुपैयाँको कारोबार मोबाइल बैङ्किङ मार्फत भएको छ । अन्य सदस्यहरुलाई पनि मोबाइल बैङ्किङ सेवा प्रयोग गर्न उनले आग्रह गरे । संस्थाले वित्तीय सेवासँगै सदस्यहरुलाई ‘सदस्य स्वास्थ्य सुरक्षा तथा राहत सुविधा’ सञ्चालनमा ल्याएको र गत बर्ष ५ सय १२ जनालाई १३ लाख ५७ हजार राहत सुविधा प्रदान गरेको प्रतिवेदनमा उल्लेख छ । सबैलाई नियमित बचतमा सहभागी हुन आग्रह गर्दै उनले मासिक एक हजारभन्दा बढी बचत गर्ने सदस्यहरुलाई राहत सुविधा प्रदान गर्दै आएको जानकारी दिए । 

संस्थाले सहकारी शिक्षा तथा तालिमलाई अगाडि बढाउँदै आएको र सहकारीको महत्व र आवश्यकलाई बुझाउने प्रयास गरेको उनको भनाई छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रम गर्दै आएको छ । संस्थाले ४ बर्षे रणनीतिक योजना निर्माण गरेको र संस्थालाई दिगो रुपमा कसरी अगाडि बढाउने भने नीति तथा कार्यक्रमले तय गरेको उनले जानकारी दिए । सदस्य केन्द्रित कार्यक्रम सञ्चालन गरी संस्थागत दिगोपनमा अगाडि बढ्ने लक्ष्य संस्थाको छ । 

598404665_1442038407713897_321922483966692312_n.jpg

आगामी चार बर्षमा २५ हजार सदस्य, शेयर पुँजी ३१ करोड, जगेडा कोष १६ करोड ५० लाख, बचत संकलन ३ अर्ब ५६ करोड, ऋण लगानी ३ अर्ब ४० करोड गरी कुल सम्पत्ति ४ अर्ब ४० करोड पु¥याउने संस्थाको लक्ष्य छ । ४ बर्षमा ५ हजार सदस्यलाई ऋण लगानी गरी व्यवसायिक बनाउने लक्ष्य संस्थाले अघि सारेको छ । संस्थाले गत आर्थिक वर्षमा विभिन्न कर शीर्षकमा गरी १ करोड ८६ लाख योगदान गरेको छ ।

सभामा नियमित बचत, उत्कृष्ट बालबचत, उत्कृष्ट कारोबार, ज्येष्ठ नागरिक, उत्कृष्ट युवा तथा महिला उद्यमी र प्रविधिको उच्चतम प्रयोगकर्ता सदस्यहरुलाई सम्मान गरिएको थियो । सभामा लेखा सुपरीवेक्षण समितिको तर्फबाट पूर्णबहादुर तामाङले प्रतिवेदन प्रस्तुत गरेका थिए । संस्थाले यसअघि एकाई १ अन्तर्गत साँखु सेवा केन्द्र र एकाई २ अन्तर्गत नयाँ बजार र कालिमाटी सेवा केन्द्रका सदस्यहरुको बीचमा सभा सम्पन्न गरिसकेको छ । आगामी पौष ४ गते मुख्य कार्यालय टुसालमा संस्थाले निर्णय प्रमाणिकरण सभा गर्ने भएको छ ।