बुधबार, भाद्र ३ गते २०८३

जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा “सहकारीमा एआई को प्रयोग” विषयक तालिम


मंसिर २४, २०८२ बुधबार
जिल्ला सहकारी संघ काभ्रेको आयोजनामा  “सहकारीमा एआई को प्रयोग” विषयक तालिम


जिल्ला सहकारी संघ लिमिटेड (डिस्कोफ) काभ्रेको आयोजनामा   “सहकारी क्षेत्रमा एआई को प्रयोग” विषयक एक दिवसीय तालिम सम्पन्न भएको छ । तालिम कार्यक्रम संघका शिक्षा तथा तालिम ब्यवस्थापन उपसमिति संयोजक शान्ती लामा तामाङको सभापतित्व एवं संघका अध्यक्ष  अमन पोटे श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।  तालिमको  सहजकर्ता सन्दिपराज भाटले गरेका थिए ।  

प्रविधिको प्रयोगबाट सहकारी संस्थाहरूमा सुशासन, सेवा प्रवाह, वित्तीय व्यवस्थापन तथा सदस्य–संवाद प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यले आयोजित तालिममा संघका संचालक समिति र लेखा सुपरिवेक्षण समितिको उपस्थिति तथा काभ्रे जिल्लाका विभिन्न सहकारी संस्थाबाट ३२ जनाको सक्रिय सहभागिता रहेको थियो  । कार्यक्रम संचालन संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठले गरेका थिए । तालिममा सहकारीहरूको दैनिकी कार्यमा एआई प्रविधि कसरी प्रयोग गर्न सकिन्छ, जोखिम व्यवस्थापन तथा निर्णय प्रक्रियालाई कसरी प्रविधिमैत्री बनाउन सकिन्छ भन्ने विषयमा विस्तृत जानकारी प्रदान गरिएको थियो । एआई आधारित डेटा विश्लेषण, लेखा व्यवस्थापन, सदस्य सेवा स्वचालन, सूचना प्रवाह तथा कागजी कार्यलाई डिजिटल रूपान्तरण गर्ने उपायहरूबारे यस विषयका प्राविधिक विज्ञ सन्दिपराज भाटले सहभागीहरूलाई प्रयोगात्मक रुपमा सहजिकरण गरेका थिए ।

 संघका अध्यक्ष अमन पोटे श्रेष्ठले  सहकारी क्षेत्रलाई प्रविधिसँग जोडेर दिगो, पारदर्शी र प्रतिस्पर्धी बनाउन यस्तो तालिम अत्यन्तै आवश्यक रहेको बताए । कार्यक्रममा  सचिव प्रकाश बञ्जाराले सहभागीहरुलाई स्वागत मन्तब्य राख्दै प्रविधिको सकरात्मक र नकरात्मक पक्ष हुने हुँदा तालिमबाट प्राप्त ज्ञान र सिपलाई सहि प्रयोग आग्रह गरे  । त्यसै गरि कोषाध्यक्ष अर्जुन प्रसाद सापकोटाले  एआई सम्वन्धि तालिम सहकारी व्यवस्थापनमा  कर्मचारीहरुको लागि फलदायी सावित गर्न सिकेका कुराहरुलाई  आआफ्नो संस्थामा सही तरिकाले प्रयोगमा ल्याउन सुझाए ।

4da25cc4-ae53-4b26-b8d3-bb43206525e9.jfif

संघका उपाध्यक्ष एवं शिक्षा तथा तालिम व्यवस्थापन उपसमितिका संयोजक शान्ती लामा तामाङले कार्यक्रमको समापन गर्दै  सहकारीहरूलाई आधुनिक प्रविधिको प्रभावकारी उपयोग मार्फत सदस्यलाई अझ उत्कृष्ट सेवा सुविधा प्रदान गर्न संघ निरन्तर सक्रिय रहने प्रतिवद्धता व्यक्त गरिन् ।  तालिमबाट सहभागीहरूलाई आवश्यक सीप, ज्ञान र आत्मविश्वास प्रदान गरेको तथा तालिम सम्पन्नसँगै सहभागीहरूका सुझाव तथा अनुभवसमेत संकलन गरिएको यियो ।  जसले आगामी दिनमा सहकारीहरूका लागि थप प्रभावकारी कार्यक्रमहरू निर्माण गर्न सहयोग गर्ने संघका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार श्रेष्ठ जानकारी दिए ।