बुधबार, भाद्र ३ गते २०८३

रिलायन्स स्पिनिङ मिल्सद्वारा वैदेशिक रोजगारमा रहेका लागि आईपीओ खुल्ला


मंसिर २२, २०८२ सोमबार
रिलायन्स स्पिनिङ मिल्सद्वारा वैदेशिक रोजगारमा रहेका  लागि आईपीओ खुल्ला

 रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि आजदेखि आईपीओ निष्कासन  सुरू गरेको छ । कम्पनीले सार्वजनिक निष्कासन गर्न लागेको ११ लाख ५५ हजार ९६० कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात् १ लाख १५ हजार ५९६ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याएर जारी गरेको हो । 

वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम ५० कित्ता र अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् । यो आईपीओ निष्कासन छिटोमा मंसिर २५ गते र ढिलोमा पुस ७ गतेसम्म खुला रहनेछ । लगानीकर्ताले धितोपत्र बोर्डबाट स्वीकृत आस्वा सुविधा प्राप्त सबै बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन् ।