एनआईसी एशिया क्यापिटलले मर्चेण्ट बैंकिङ सेवाअन्तर्गत संस्थागत परामर्श सेवासहित ‘आइडिया टु आईपीओ’ नामक सेवा सञ्चालन गरिरहेको छ । जस अन्तर्गत क्यापिटलले कुनै पनि कम्पनीको आइडीएसनदेखि कम्पनी स्थापना, स्केल अपः एक्पान्सन, ग्रोथ, फर्दर एक्पान्स हुँदै आईपीओ जारी गर्ने चरणसम्म कम्पनीलाई पुर्याउन आवश्यक पर्ने लगानीको स्रोत व्यवस्थापन गर्न सहजीकरण गर्ने सहित आवश्यक सम्पूर्ण परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।
क्यापिटलले आइडिया टु आईपीओ सेवा सञ्चालन गरेको छोटो समयमा नै ३४ वटा कम्पनीसँग दुई पक्षीय सम्झौता सम्पन्न गरी २० वटा प्रालि कम्पनीलाई पब्लिक कम्पनीमा परिणत गराई आईपीओ निष्काशन गर्ने प्रक्रियामा रहेका छन् भने ६ वटा कम्पनीको आईपीओ निष्काशनको कार्य समेत सम्पन्न गर्न सफल भएको छ । कुनै पनि पब्लिक कम्पनी तथा प्राइभेट कम्पनी सञ्चालन गर्दा प्रचलित कानुन र सम्बन्धित नियमनकारी निकायले तोकेको सम्पूर्ण मापदण्डको परिपालना गरेर मात्र कम्पनी सञ्चालन गर्नुपर्ने हुन्छ ।
कुनै पनि कम्पनीको संस्थागत सुशासन र कानूनी व्यवस्थाको पूर्ण रुपमा परिपालना गरेर संचालन गर्दा कम्पनीको निरन्तरता तथा कम्पनीको व्यवसायीक ग्रोथ गर्नको लागि महत्वपूर्ण भूमिका निर्भाह गरेको हुन्छ । संस्थागत सुशासन र कानूनी व्यवस्थाको राम्रो ज्ञान अनुभव भएका दक्ष जनशक्ती प्राप्त गर्न निकै गाह्रो र बढी खर्चिलो हुने देखिएको हुँदा सोही कुरालाई मध्यनजर गर्दै एनआईसी एशिया क्यापिटलले भविष्यमा सर्वसाधारणमा आईपीओ जारी गर्ने गरी स्थापना हुन लागेका तथा हाल सञ्चालनमा रहेका कम्पनीहरुलाई लक्षित गरी क्यापिटलको आइडिया टु आईपीओ सेवालाई थप परिष्कृत गर्दै ‘एकद्वार आईपीओ सहजीकरण सेवा’ सञ्चालनमा ल्याएको छ । आईपीओ– तत्परता मूल्यांकन परीक्षा अन्तर्गत कम्पनीको पूँजी संरचना, प्रबन्धपत्र नियमावलीमा भएको व्यवस्था, वित्तीय स्थिति, लगानीकर्ताहरुको मनोविज्ञान, कानुनी व्यवस्था र सम्बन्धित नियामक निकायहरुले सर्वसाधारणमा सेयर जारी गर्नु भन्दा पहिला पुरा गर्नुपर्ने सर्तहरुको पालना गर्नुपर्ने हुन्छ ।
यस्ता सर्तहरु कम्पनीरव्यवसायको प्रकृति तथा सम्बन्धित नियमनकारी निकायले तोकेको व्यवस्था,निर्देशन अनुसार छुट्टाछुट्टै मापदण्ड पुरा गर्नुपर्ने देखिन्छ । यस सेवा अन्तर्गत आईपीओ निष्काशन गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण व्यवस्था तथा आईपीओ जारी गर्ने योग्य कम्पनी हुनको लागि आवश्यक पर्ने सम्पूर्ण चेक लिष्ट अनुसार सम्बन्धित कम्पनीको ग्याप एनालाइसिस प्रतिवेदन तयार परिने छ । सम्बन्धित कम्पनीको रणनीति, इक्वीटी, कर्पोरेट गभर्नेन्स, वित्तीय अवस्था, व्यवस्थापन, नियमनकारी निकायले तोके बमोजिमको मापदण्ड पुरा भए नभएको ग्याप पत्ता लगाई उक्त ग्यापरकमी कमजोरीहरु सुधार गर्न आवश्यक परामर्श उपलब्ध गराइनेछ ।
सर्वसधारणमा सेयर जारी गर्दा कम्पनीको वित्तीय अवस्थाको राम्रोसँग अध्ययन गरि धितोपत्र बोर्डले निर्धारण गरेको तथा प्रचलित अन्तर्राष्ट्रिय भेलुएसन मोडेलको प्रयोग गरी सर्वसाधारणमा जारी गरिने सेयरको मूल्य निर्धारण गरिने छ । उक्त अध्ययन अनुसार सम्बन्धित कम्पनीले उचित मूल्यमा आईपीओ जारी गर्दा पर भेलुमात्र नभई कम्पनीको वित्तीय तथा अन्य समग्र अवस्थाको मूल्याङ्ककन गरी प्रिमियम वा बुक बिल्डिङ विधिमध्ये उपयुक्त विधिमा सेयर निष्काशन गर्न समेत सुझाव दिइनेछ । तत्परता मूल्यांकन परीक्षा गर्दा कम्पनीको आईपीओ जारी गर्न योग्य देखिएको अवस्थामा तुरुन्त आईपीओ सेयर जारी गर्न आवश्यक प्रकृया अगाडी बढाइनेछ भने कुनै कम्पनीको तत्काल आईपीओ जारी गर्न नसक्ने अवस्था देखिएमा त्यस्ता कम्पनीहरुको आईपीओ जारी गर्दा पुरा गर्नुपर्ने सम्पूर्ण प्रकृयाको सम्बन्धमा आवश्यक परामर्श तथा मार्गदर्शन दिई यथाशीघ्र आईपीओ जारी गर्न योग्य कम्पनी बनाउनको लागि आवश्यक कार्यतालिका निधारण गरी कार्य अगाडि बढाइने छ ।