आइतबार, आश्विन १८ गते २०८३

शुभप्रभात सहकारी संस्थाको वित्तीय सूचाकांक बलियो, कुल सम्पत्ति ६६ कराेड माथि

मंसिर ४, २०८२ बिहीबार
शुभप्रभात सहकारी संस्थाको वित्तीय सूचाकांक बलियो, कुल सम्पत्ति ६६ कराेड माथि


सिन्धुपाल्चोक । बाह्रविसे नगरपालिका–९, सिन्धुपाल्चोकमा रहेको शुभप्रभात बचत तथा ऋण सहकारी संस्थाले वित्तीय विवरण प्रकाशित गरेको छ । संस्थाले प्रकाशित गरेको वित्तीय विवरण अनुसार शेयर पुँजी र जगेडा कोष बलियो रहेको छ । संस्थाको यस आर्थिक वर्षको कातिक मसान्तसम्म शेयर पुँजी ४ करोड ३५ लाख १४ हजार र जगेडा कोष ४ करोड ११ लाख २९ हजार पुगेको छ । बचत तथा ऋणको कारोबार गर्ने संस्थाको लागि शेयर पुँजी र जगेडा कोषलाई मेरुदण्डका रुपमा लिइन्छ । संस्थाले यी दुबै सुचांकहरुलाई बलियो बनाउँदै लगेको छ ।

राष्ट्रिय सहारी नियमन प्राधिरकणले पुँजीको आधारमा संस्थाहरुले बचत तथा ऋणको कारोबार गर्न पाउने व्यवस्था गरेको छ । सदस्यबाट बचत लिन र ऋण लगानीका लागि समेत संस्थागत पुँजी बलियो हुनु पर्ने भएकाले शुभप्रभात सहकारीले उक्त कोषलाई मजवुद बनाउँदै लगेको छ । त्यसैगरी संस्थाको संस्थागत पुँजी ४ करोड २६ लाख ६० हजार अन्य कोषमा ८४ लाख रकम रहेको छ । संस्थाले गत कातिक मसान्तसम्म ५३ करोड ६१ लाख बचत संकलन गरी ३० करोड ३९ लाख ऋण लगानी गरेको व्यवस्थापक सुरेन्द्र तिवारीले जानकारी दिए । संस्थामा अधिक तरलता रकम रहेको छ । सदस्यहरुबाट ऋण माग नहुँदा संस्थामा तरलता बढेर ६१ प्रतिशत अर्थात ३२ करोड ७४ लाख ९० हजार पुगेको छ ।  

सदस्यहरुमा उद्यमशीलता विकास गरी ससानो पुँजी ऋणको रुपमा परिचालन गरी संस्थाको तरलतालाई व्यवस्थापन गर्नु अहिलेको चुनौती रहेको देखिन्छ। संस्थामा ६ हजार ३७२ जना सदस्य आवद्ध रहेका छन् भने कुल सम्पत्ति ६६ करोड ९१ लाख ३३ हजार पुगेको छ । संस्थाबाट ६ सय ९ जना सदस्यले मात्र ऋण लिएर आयआर्जनको साथै अन्य व्यवसाय गर्दै आएका छन् । संस्थाले बालबालिकाहरुमा समेत बचत गर्ने भावनाको विकास गर्ने उदेश्यले बाल तथा कोपिला बचत सञ्चालनमा ल्याएको छ । संस्थामा ४ सय माथि बाल बचतकर्ता रहेका छन् । आफ्नै भवनबाट वित्तीय कारोबार गर्दै आएको उक्त संस्थाले सहकारी मुल्य, मान्यता र सिद्धान्तलाई आत्मसात गर्दै सदस्य र समुदायलाई सेवा  प्रदान गर्दै आएको छ ।