शुक्रबार, कार्तिक ७ गते २०८३

आईपीओ निष्कासनका लागि ग्रीनेदी इनर्जीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त


मंसिर २, २०८२ मंगलबार
आईपीओ निष्कासनका लागि ग्रीनेदी इनर्जीले बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त

ग्रीनेदी इनर्जी लिमिटेडले स्थानियबासी तथा सर्वसाधारणलाई प्रारम्भिक सार्वजनिक निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनका लागि प्रभु क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।  
सम्झौतामा ग्रीनेदी इनर्जी  लिमिटेडका तर्फबाट अध्यक्ष युरेश मान कायस्थ तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक आशिष गौचनले हस्ताक्षर गरेका छन् ।

कम्पनीले आफनो जारी पूँजीको ३० प्रतिशत साधारण शेयरहरु आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने लागेको हो । कम्पनीले कास्की जिल्लामा अवस्थित ईदी खोलामा इदी खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०८२ बैशाख ८ देखि व्यापारिक उत्पादन गरिरहेको आयोजना हो साथै उक्त आयोजनामा बैकिङ्ग, जलविद्युत, बिमा, पूँजी बजार क्षेत्रमा विशिष्टिता हासिल गरेका व्यक्तिहरुको समुहको संग्लता भएको र आयोजनाको हाईड्रोलोजी क्यु ६५ को संरचनामा निर्माण भएको हो ।

ग्रीनेदी इनर्जी लिमिटेडले आगामी दिनहरुमा अन्य जलविद्युत आयोजनाको साथसाथै सौर्य तथा हरित उर्जाको क्षेत्रमा लगानी गर्ने योजना रहेको जानकारी कम्पनीका अध्यक्ष  युरेश मान कायस्थले व्यक्त गरे ।