बुधबार, भाद्र ३ गते २०८३

भक्तपुर बचत संघको अध्यक्षमा हरिकृष्ण बल्ल


कार्तिक ३०, २०८२ आइतबार
भक्तपुर बचत संघको अध्यक्षमा हरिकृष्ण बल्ल

भक्तपुर । भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडको २१औँ वार्षिक साधारण सभाले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गरेको छ। 

सभाबाट हरिकृष्ण बल्ल अध्यक्ष, जगनाथ प्रजापति उपाध्यक्ष, कान्छाभक्त घजु सचिव र कृष्णश्वरी प्रजापति कोषाध्यक्ष पदमा निर्वाचित भएका छन्। त्यसैगरी सदस्यमा इन्द्रप्रसाद व्यान्जु, चन्दीका छुकां, सुसिला पराजुली बराल, राजकुमार लघु र विवेक श्रेष्ठ चयन भएका छन्। 

सभाले लेखा सुपरिवेक्षण समितिमा संयोजकमा दामोदर न्यौपाने र सदस्यमा गीता प्रसाद नेपाल र प्रतिभा अदुवा श्रेष्ठलाई चयन गरेको छ। नयाँ नेतृत्वले सहकारी संघको सेवा सुदृढीकरण, सदस्य संस्थाबीच सहकार्य विस्तार र सहकारी क्षेत्रमा सुशासन अभिवृद्धिमा योगदान दिने अपेक्षा गरिएको छ।