शनिबार, आश्विन १७ गते २०८३

बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध चयन

कार्तिक २४, २०७८ बुधबार
बैंकर्स संघको अध्यक्षमा उपाध्याय निर्विरोध चयन

 

नेपाल बैंकर्स संघको अध्यक्षमा कृषि विकास बैंकका सीइओ अनिल उपाध्याय निर्विरोध चयन भएका छन् । मंगलबार भएको संघको साधारणसभाबाट उनी निर्विरोध चयन भएका हुन् ।

निवर्तमान अध्यक्ष भुवन कुमार दाहालको कार्यकाल पूरा भएसँगै आगामी दुई वर्षका उपाध्याय अध्यक्षको भूमिकामा रहनेछन् ।

संघको उपाध्यक्षमा एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी चयन भएका छन् ।

यस्तै, संघको सदस्यमा लक्ष्मी बैंकका अजयकुमार साह, मेगा बैंककी अनुपमा खुञ्जेली, नेपाल बैंकका कृष्णबहादुर अधिकारी, नेपाल एसबीआई बैंकका दिपक कुमार दे, सनराइज बैंकका सुनम शर्मा, माछापुच्छ्रे बैंकका सन्तोष कोइराला र एनआइसी एशिया बैंकका रोशन कुमार न्यौपाने चयन भएका छन् ।