बागमती प्रदेशका सहकारीहरुमा बचत बढेको छ भने शेयर पूजी तथा कर्जा लगानीमा भने कमी आएको । नेपाल राष्ट्र बैंकले गरेको बागमती प्रदेशको आर्थिक गतिविधि अध्ययन (२०८१/८२) मा छनौट गरिएका नमूना संस्थाको सर्वेक्षणले शेयर पूँजीमा ४.०२ प्रतिशतले कमी आएको देखिन्छ ।
सर्वेक्षण गरिएका ८ सहकारीहरुको कुल पुँजी आर्थिक वर्ष २०८०८१ मा ५ अर्ब ५४ करोड ९६ लाख रहेकोमा आर्थिक वर्ष २०८१/८२ मा ५ अर्ब ३२ करोड रहेको छ। शेयरपुँजीमा ४.०२ प्रतिशतले कमी आएको छ।
त्यस्तै, कर्जा लगानी तर्फ आ.व. २०८०/८१ मा १० अर्ब १४ करोड रहेकोमा २०८१ ८२ मा रु ९ अर्ब ७८ करोडमा लगानी भएको छ । कर्जा वृद्धिदरमा ३.५ प्रतिशतले कमी आएको ।
बचत तर्फ भने वृद्धि देखिएको छ । आ.व. २०८०/८१ मा १२ अर्ब ५० करोड रहेको रहेकोमा २०८१/८२ मा १२ अर्ब ८५ करोड पुगेको छ । बचतमा वृद्धिदर २.७९ प्रतिशत रहेको छ।
ती संस्थाहरुको सदस्य संख्यामा २.५४ प्रतिशतले कमी आएको देखिको छ। कर्मचारी संख्यामा करिब ३४.४५ प्रतिशत कमी देखिएको छ । ती सहकारीमा यसअघि २३८ कर्मचारी रहेकोमा २०८२ असार मसान्तमा घटेर १५६ पुगेका छन् ।
नेपालपत्र संवाददाता