आइतबार, आश्विन १८ गते २०८३

देशभर वर्षा सुरु, ४४ जिल्लामा उच्च सतर्कता


कार्तिक १३, २०८२ बिहीबार
देशभर वर्षा सुरु, ४४ जिल्लामा उच्च सतर्कता

काठमाण्डाै । अरब सागरमा बनेको न्यूनचापीय प्रणाली र बंगालको खाडीमा विकसित चक्रवात ‘मोन्था’का कारण देशभर वर्षा सुरु भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वर्षाको यो क्रम शनिबार बिहानसम्म जारी रहनेछ।

हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा छिटपुट, अन्य प्रदेशमा मध्यम वर्षा भइरहेको छ। बिहानदेखि कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा निरन्तर वर्षा भइरहेको महाशाखाले जनाएको छ।

‘मोन्था’ चक्रवातको प्रभाव आज दिउँसोदेखि थप बलियो हुने र रातिदेखि लुम्बिनी प्रदेशसम्म फैलिने अनुमान गरिएको छ। शनिबार बिहानदेखि मात्र मौसम क्रमशः सुधार हुने र अपरान्हसम्म चक्रवात पूर्वतर्फ सर्दै नेपाल बाहिरिने विभागले जनाएको छ।

वर्षासँगै हिमपातको सम्भावना पनि रहेकोले पहाडी र हिमाली क्षेत्रका बासिन्दालाई विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशका ४४ जिल्लामा उच्च सतर्कता अपनाउन र दश जिल्लाका स्थानीय प्रशासन तथा नागरिकलाई लगातार मौसमसम्बन्धी सूचना लिएर सचेत रहन आग्रह गरेको छ।