शुक्रबार, कार्तिक ७ गते २०८३

जनउपकार सहकारी संस्थाको साधारणसभा सम्पन्न, कुल सम्पत्ति ५४ करोडमाथि


कार्तिक २, २०८२ आइतबार
जनउपकार सहकारी संस्थाको साधारणसभा सम्पन्न, कुल सम्पत्ति ५४ करोडमाथि

 

दोलखाको जुँगुमा रहेको जनउपकार बचत तथा ऋण सहकारी संस्थाले २६औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । संस्थाले आश्विन २१ गतेदेखि २९ गतेसम्म क्षेत्रगत रुपमा साधारणसभा गरी संस्थाका अध्यक्ष बद्रीबहादुर बुढाथोकीको अध्यक्षतामा संस्थाले प्रमाणिकरण सभा गरेको हो । 

शेयरपुँजी ४ करोड १० लाख, बचत संकलन ४५ करोड ५९ लाख र ऋण लगानी ३४ करोड ४७ लाख रहेको संस्थाको कुल पुँजी ५४ करोड ७३ लाख पुगेको छ । सहकारी संस्थाले मुख्य कार्यालय र ६ वटा सेवा केन्द्र समेत ७ स्थानबाट सेवा प्रवाह गर्दै आइरहेको छ । 

संस्थाले कडा रोग लागेकालाई सात हजार उपचार खच, ७५ वर्ष माथिका ज्येष्ठ नागरिकलाई र अपांगता भएका सदस्यलाइ मासिक भत्ता उपलब्ध गराउने, सुत्केरी भत्तालाई निरन्तरता दिने, प्राकृतिक विपत्तीमा परेकालाई ५ हजारसम्म राहत दिने कार्यक्रमलाई निरन्तरदा दिँदै सामाजिक उत्तरदायित्वबहन गर्दै जाने जनाएको छ । 

jana upakar ko 1.jpg