आइतबार, आश्विन १८ गते २०८३

सरकारद्वारा निर्यातमा नगद अनुदान खारेज


आश्विन २६, २०८२ आइतबार
सरकारद्वारा निर्यातमा नगद अनुदान खारेज

सरकारले निर्यातमा  दिँदै आएको नगद अनुदान  खारेज गरेको छ। उद्योग विभागले  सूचना जारी गर्दै चालु आर्थिक वर्ष २०८२(८३ मा थप दायित्व सिर्जना हुने गरी निवेदन नलिने जनाएको छ ।

 विभागले आर्थिक वर्ष २०८१/०८२ को स्वघोषणा पेश गर्ने प्रक्रिया रोकेको हो । चालु आर्थिक वर्षमा थप दायित्व सिर्जना गर्ने गरी निवेदन लिन उपर्युक्त नदेखिएको भन्दै आर्थिक वर्ष २०८१/०८१ को स्वघोषणाको विवरण उद्योग विभागमा पेश नगर्न विभागले भनेको छ । विभागले निवेदन नलिने भएसँगै उद्योगीहरूले गत वर्षमा निर्यात गरेबापतको नगद अनुदान पनि नपाउने भएका छन्।  निर्यातकर्ताले आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र स्व–घोषणा गरी विभागसमक्ष निवेदन दिने व्यवस्था थियो। जुन व्यवस्थाअनुसार गत आव २०८१/८२ को अनुदान लिन निर्यातकर्ताले असोजभित्र निवेदन दिनुपर्ने थियो। तर विभागले गत आवको निवेदन असोज महिना सुरुभएसँगै  लिन बन्द गरेको थियो। 

विभागका अनुसार करिब ५ अर्ब रूपैयाँ बराबरको अनुदान दिन बाँकी छ। हालसम्म करिब ७ अर्ब रुपैयाँ विभागले निर्यातबापतको अनुदान दिएको छ। निर्यात प्रोत्साहन गर्न सरकारले ३६ प्रकारका वस्तुमा ४ देखि ८ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेको थियो।  निर्यातमा नगद अनुदान प्रदान गर्ने सम्बन्धि कार्यविधि अनुसार ८ प्रतिशत अनुदान पाउन ५० करोडभन्दा माथिको निर्यात गर्नुपर्ने व्यवस्था छ।