शनिबार, आश्विन १७ गते २०८३

पुष्षलाल पनि गद्धार ?


आश्विन २३, २०८२ बिहीबार
पुष्षलाल पनि गद्धार ?

पुष्पलाल त श्रमजीवी मेहेनतकश वर्गलाई सर्वप्रथम आत्मनिर्भर र स्वाभिमान बनाउन चाहन्थे

Parsucomrade.jpg

-परशु काेइराला 
नेपालमा कम्युनिष्टका बिउ रोप्ने पुष्पलाल श्रेष्ठलाई गद्धार भन्नेहरु आज पनि कमि देखिदैनन् । उनले कम्युनिष्ट आन्दोलनका नेतृत्व गर्ने अवसर धेरै पाएनन् । निष्टावानवीच एकता खोज्दै राष्ट्रियता,जनतन्त्र र जनजीविकाका विषयमा उनका विचार दर्शनबाट देशी,विदेशी प्रतिक्रियावादीहरू तर्सिनु स्वभाविक थियो । आन्तरिक ईर्ष्या ,वाह्य निर्देशित पूर्वाग्रह र आरोपप्रत्योप तनावकै बीचको विवादका परिणाम त देखिएकै भयो । तेस्रो महाधिवेशन (२०१९)  पछि अधिक झ्याङ्गिएको ख्रुस्चोभी संशोधनवाद र त्यसले सिर्जना गरेका अकर्मण्य फुट,विघटन, विचलन, अविश्वास , अवसरवाददेखि आत्मसमर्पणवाद सम्मका परिणामहरूले नवकाङ्क्षी नेपाली धर्तीमा  सिर्जेका भ्रम, फुट र श्रमजीवी वर्गमा पैदा गर्दै आएका अन्यौलता, निराशाका खास कारणहरूका ठोस विश्लेषणात्मक गहन अध्ययन नेपाली राजनैतिक इतिहासमा पनि आजसम्म भएकै देखिदैन ।

नयाँजनवादी क्रान्तिहुँदै साम्यवादसम्मका आकाङ्क्षा र  मुक्ति आशामा अमूल्य जीवनका वलिदान धेरैबाट हुँदै आए पनि राजनैतिक ,साङ्गठनिक र साँस्कृतिक रुपमा जनता चेतनशील नभएसम्म क्रान्ति परिवर्तनका उपलब्धि टिक्न सक्दैन भन्ने  पुष्पलालका धारणाहरू सत्य प्रमाणित हुँदै आएको छ ।नेपाली समाजमा भोगिएकै विषय मानिन्छ । पुष्पलालविरोधी विषवमन षड्यन्त्र आदिले हजारौं वैचारिक चेतनशील, सामन्तवाद,साम्राज्यवाद विरोधी जनताका एकताविना राष्ट्रियता र जनतन्त्र संस्थागत नहुने उनका विचार त नेपाली समाजमा लागू हुनै पाएन ।

बाँचुञ्जेल भारतीय विस्तारवाद र नेपालका सामन्तवादद्वारा खेदिनेमा पर्छन्  पुष्पलाल । उनलाई बेठीक मान्नेहरु पनि नेपाली कम्युनिष्ट आन्दोलनमा कैंयौं धारहरू छन् । तिनबाट अहिलेसम्म तथ्य सङ्गत ढङ्गले उनी वेठीक हुनुका कारणहरु आउन सकेको पाइदैन । १५ सेप्टेम्बर १९४८ मा  पहिलो पटक केन्द्रीय समितिसहित पाटी घोषणा हुँदाका दस्ताबेजमा उल्लेख रणनीतिका आधारमा पनि पुष्पलाल त सामन्तवाद ,साम्राज्यवाद र भातीय विस्तारवादका घोरविरोधी देखिएकै छन् ।तथ्यहरुका आधारमा भन्न सकिन्छ -भारतीय विस्तारवाद  र नेपालका पञ्चायत मिलेर उनीविरूद्ध घनघोर विषबमनका श्रृङ्खला र षड्यन्त्रहरू अधिक भएकै हुन् ।

किसान र मजदुरका हीत र राष्ट्रिय स्वाधीनताका पक्षमा ढृढताकासाथ उभिएका उनलाई गद्धार भन्नेहरूबाट  प्रशस्त भीड हुँदाहुँदै पनि जनतन्त्र र राष्टियताका पहरेदारका भूमिका उजागर हुने अवस्था किन निर्माण हुन नसकेको ? प्रश्नहरू त त कयौं अनुत्तरित हुन सक्ला न् ।दीर्घकालीन र आत्मनिर्भर किसान क्रान्तिका पुष्पलालका सोंच लागू नहुदाका परिणाम आजका देश मलबीउमा समेत परनिर्भर हुनु परेको छ । पुष्पलाल त श्रमजीवी मेहेनतकश वर्गलाई सर्वप्रथम आत्मनिर्भर र स्वाभिमान बनाउन चाहन्थे ।

पुष्पलालले भनेजस्तो राष्टिय पुँजीपतिहरुका सँरक्षण गरिने नीतिमा पनि आज सङ्कट आएका छन् । उद्योग, व्यवसाय,रोजगारमा देश पूरै परनिर्भर भएको छ । सामन्ती अधिनायकवादमाथि साम्राज्यवादी अधिनायकत्व लादिएको छ । २००६ बैशाख १० मा ५ जना बसेर सामान्य पार्टी गठन गर्ने अवधारणा  बनाएका आधारमा  २०१० भदौ ३० (१५ सेप्टेम्बर १९४९)मा सामूहिक नेतृत्व, सामूहिक कार्यशैली र निर्णय लाई जोड दिइएका वर्ग हीतकारी विधान, दस्तावेज सहितका पहिलो पटक नेकपाको पुष्षलाल नेतृत्वका केन्द्रिय समिति घोषणा गरिएका  तथ्यसँगसमेत अपरिचित हुने र टुटफुटहरुबाट असफल र विभाजित नेतृत्वबाट आशा  पनि गर्नै सकिन्न । विगत यस्तै हुँदा धेरै विग्रेको अवस्थाबाट पनि सिकौं सबैले ।


परशु कोइराला ,२०८२/०६/२३ काे मुहारपुस्तिकाबाट साभार