शुक्रबार, कार्तिक ७ गते २०८३

श्रद्धा साकोसको १४औं साधारणसभा सम्पन्न, १५ करोड १८ लाख लगानीमा

कार्तिक २२, २०७८ सोमबार
श्रद्धा साकोसको १४औं साधारणसभा सम्पन्न, १५ करोड १८ लाख लगानीमा

 

भक्तपुरको जगातिमा रहेको श्रद्धा बचत तथा ऋण सहकारी संस्थाको साधारणसभा सम्पन्न भएको छ । संस्थाले हालै १४औं साधारणसभा सम्पन्न गरेको हो । 

सभामा संस्थाका अध्यक्ष सीताराम तजलेले मन्तब्य राख्दै खर्च गरेर बाँकी बचेको ससानो रकम सदस्यहरुबाट बचतको रुपमा संकलन गरी संस्थाले व्यापारव्यवसाय र रोजगारी सिर्जना, स्वरोजगार बन्ने, आम्दानी बढाउने र जीवनयापनलाई सहज बनाउने कार्यका लागि लगानी गर्दै आएको बताए । सदस्यहरुको सक्रिय सहभागिता र अटुट विश्वासका कारण संस्था सबलतातर्फ उन्मुख भएको उनले बताए । 

सचिव बलराम ग्वाछाले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाले आर्थिक वर्ष २०७७।७८ भर गरेका गतिविधिका बारेमा सदस्यहरुलाई जानकारी गराएका थिए । संस्थाले सदस्यहरुका लागि घरदैलो कार्यक्रम गरी ऋण लगानीलाई व्यवसायिक र व्यवहारिक बनाउन तथा बचत वृद्धिमा समेत उत्प्रेरित गरेको उनले जनाए । त्यसैगरी सदस्यहरुलाई मृतक राहत कोष वापत आर्थिक सहयोग, कोरोना सम्बन्धी सचेतना कार्यक्रम, घरजग्गा नापजाँच तालिम, ज्येष्ठ सदस्यहरुलाई अवलोकन भ्रमण तथा बनभोज आयोजना गरिएको उनले जनाए । यस आर्थिक वर्षमा ऋणलाई सुरक्षित र विविधिकरण गर्ने, समीक्षा गोष्ठी गर्ने, स्थापना दिवस मनाउने जस्ता कार्यक्रम रहेको उनले जनाए । 

संस्थाकी कोषाध्यक्ष मैयाकेशरी सुवालले आ.व. २०७७।७८ को आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै २ हजार १६ सदस्य, २८४ बाल बचतकर्ता, शेयर पुँजी १ करोड ४३ लाख ४३ हजार, बचत संकलन १४ करोड ३९ लाख ७१ हजार बचत संकलन र १५ करोड १८ लाख ९२ हजार ऋण लगानी गरिएको जानकारी दिइन् । संस्थाले व्यापारिक, घरजग्गा धितो र शेयर तथा आवधिक धितोमा ऋण लगानी गर्दै आएको छ । 

संस्थाका लेखा सुपरिवेक्षण समितिका संयोजक रवि सुवालले समितिको प्रतिवेदन प्रस्तुत गर्दै ऋण प्रवाहका साथै कर्जा असुलीमा सुधार गर्न, सदस्य वृद्धिका लागि ध्यान दिन, सदस्यहरुले दिएका सुझावलाई कार्यान्वयन गर्न सुझाएका थिए । 

shradda saccos.jpg