बचत तथा ऋणको मुख्य कारोबार गर्ने सबै सहकारी संस्थाले राष्ट्रिय सहकारी प्राधिकरणमा दर्ता हुनका लागि मापदण्ड जारी भएको छ। प्राधिकरणका अध्यक्ष डा. खगराज शर्माले बचत तथा ऋण सहकारी संस्थाको दर्ता अभिलेखीकरण मापदण्ड २०८२ शुल्क संस्था दर्ताका लागि दस्तुर तोकिएको जानकारी गराए ।
सहकारी संस्थाहरुले दर्ता अभिलेखीकरण र सञ्चालन इजाजतपत्र दस्तुर बुझाउनुपर्नेछ । गत आर्थिक वर्षको लेखापरीक्षण विवरणमा उल्लेखित कूल सम्पत्ति वा दायित्वका आधारमा दस्तुर न्युनतम एक हजारदेखि १५ हजारसम्म निर्धारण गरिएको छ । कुल सम्पत्ति वा कुल पुँजी तथा दायित्व २ करोडसम्मका सहकारीलाई एक हजार, २ देखि १० करोड सम्मका सहकारीलाई ३ हजार दस्तुर लाग्नेछ ।
त्यसैगरी १० देखि २५ करोड सम्मका सहकारीले ५ हजार, २५ करोड देखि ५० करोड सम्मका सहकारीले ७ हजार, ५० करोडदेखि १ अर्बसम्मका सहकारीले १० हजार र १ अर्बभन्दा बढीका सहकारीले १५ हजार दस्तुर बुझाउनु पर्ने मापदण्डकाे अनुसूचि २ मा उल्लेख छ। संस्थाहरुले प्राधिकरणको राष्ट्रिय बाणिज्य बैंकको पुल्चोक शाखामा रहेको खातामा शुल्क बुझाउनुपर्नेछ ।

नेपालपत्र संवाददाता