काठमाडौं ।एंग्लो अमेरिकी साम्राज्यबादको उक्साहटमा प्यालेस्टिनी राज्य र प्यालेस्टिनी जनतलाई इजरायलले आम नर हत्या र जातीय सफाया चलाएर समाप्त पार्न खोजे पनि गत सेप्टेम्बर २१ मा बेलायतले समते प्यालेस्टाइनलाई एक राष्ट्रको मान्यता दियोे । सन् १९४८ मा प्यालेस्टानी भूमि कब्जा गरेर इजरायल जन्माउने सुडेँनी देश बेलायत र अमेरिका थिए । बेलायती उपनिवेश क्षेत्रबाट इजरायल जन्माइएको थियो । तर बेलायती प्रधानमन्त्री केइर स्टार्मरले आइतबार प्यालेस्टाइनलाई देशको मान्यता दिएसँगै अब बेलायत पनि प्यालेस्टानी पक्षधर देशको सूचीमा गाभिएको छ । सन् १९८८ मा नेपालले प्यालेस्टाइनलाई देशको मान्यता दिएको हो । सोही वर्ष भारतले पनि मान्यता दिएको थियो ।
इजरायलले ज्यादै ज्यादती गरेपछि सन् २०२४ र २०२५ मा पहिले प्यालेस्टाइनलाई देशको मान्यता नदिने देशले धमाधम मान्यता दिन थाले । जसमा मेक्सीको, क्यानडा, बेलायत र अस्ट्रेलिया छन् । अहिलेसम्म १५० देशले प्यालेस्टाइनलाई राष्ट्रको मान्यता दिइसकेका छन् ।