शुक्रबार, कार्तिक ७ गते २०८३

कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीद्वारा जिल्ला प्रहरी कार्यालय विभिन्न सामाग्री सहयोग


आश्विन २, २०८२ बिहीबार
कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीद्वारा जिल्ला प्रहरी कार्यालय  विभिन्न सामाग्री सहयोग


 यहि भाद्र २३ र २४ मा भएको जेन–जी आन्दोलनमा तोडफोड र आगजनी पछिको विषम परिस्थितिमा सुरक्षा चुनौती बढेपछि सहकारी अभियानको तर्फबाट कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीबाट शान्ति सुरक्षाका लागि पहल सुरु भएको छ । प्रहरीहरू नै तितरबितर भएको र जेलबाट ठूलो संख्यामा कैदी भागेकाले चोरी तथा लुटपाटको जोखिम बढेपछि प्रहरीलाई पुनर्स्थापित गर्ने अभियान नै सुरू गरिएको छ ।

व्यवस्थापकहरुको क्षमता सहकारी संस्थामा एकरुपता भन्ने मुल नाराका साथ गठित नेपालकै पहिलो कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत जिल्ला प्रहरी कार्यालय, कास्कीलाई सहयोग हस्तान्तरण गरेको छ । सुरुवाती चरणमा कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीको आफ्नो समेतको योगदान र समन्वयमा पृथ्वी बहुउद्देश्यीय सहकारी संस्था लि., सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लि., लेखनाथ सामुदायीक बचत तथा ऋण सहकारी संस्था लि., पिपल्स बचत तथा ऋण सहकारी संस्था लि. र घामपानी बचत तथा ऋण सहकारी संस्थाबाट सुरुवातको चरणमा १ वटा कम्प्यूटर सेट, ६ वटा मोनिटर, १ वटा थ्रि इन वान प्रिन्टर, २ वटा टेबल, ३ वटा कुर्चि, १ वटा थ्रि सिटर कुर्चि , २ वटा बक्स बेन्च लगायतका सामाग्री  प्रदान  गरिएको थियो ।

क्लबका अध्यक्ष मोहन प्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालयका प्र.स.ह. माधव प्रसाद खनाललाई सहयोग हस्तान्तरण गरेका थिए ।  साथै उन्नती बचत तथा ऋण सहकारी संस्थाले क्षतीग्रस्त भवनका केही झ्याल ढोका पुनःनिर्माण कार्य गर्ने प्रतिबद्धता  जनाएको छ । 
कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीले यसै दुःखद घटनाबाट प्रभावित प्रति गहिरो समवेदना व्यक्त गर्दै जिल्ला प्रहरी कार्यालयलाई आवश्यक सहयोग हस्तान्तरण गरेको हो । अध्यक्ष अधिकारीले यस कदमले प्रहरी कार्यालयको प्रशासनिक कार्यसम्पादन र सेवा प्रवाहमा थप सहजता ल्याउने विश्वास व्यक्त गरे । ‘समाजको सुरक्षाका लागि अग्रपंक्तिमा खटिने प्रहरीप्रति सहयोग गर्नु हाम्रो सामाजिक उत्तरदायित्व हो। साथै कास्की जिल्ला स्थित सहकारी संस्थाहरुलाई आवश्यक सामाग्रीहरु र पुर्नसंरचनामा साथ दिन सम्पुर्ण सहकारी संस्थाहरुलाई अध्यक्ष अधिकारीले अपिल गरे। 

उक्त सहयोग हस्तान्तरण कार्यक्रममा जिल्ला सहकारी संघका अध्यक्ष दिपक बास्तोला, कास्की बचत तथा ऋण संघका अध्यक्ष शेरबहादुर कार्की, नेफ्सकुनका पूर्व केंद्रीय सदस्य एवं पोखरा रोयल सहकारी संस्था लि। का प्रमुख कार्यकारी अधिकृत भिम गुरुङ, कोअपरेटिभ म्यानेजर्स क्लब कास्कीका संस्थापक अध्यक्ष मिलन ढकाल, निवर्तमान अध्यक्ष अपिल कोईराला लगायतको उपस्थिति रहेको थियो।