आइतबार, आश्विन १८ गते २०८३

राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको भेला सम्पन्न, सन्तबहादुर नेपाली संयोजक


भाद्र २२, २०८२ आइतबार
राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको भेला सम्पन्न, सन्तबहादुर नेपाली संयोजक

काठमाडौं ।  राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको राष्ट्रिय भेला हिजो भाद्र २१ गते ललितपुरमा सम्पन्न भएको छ । यस मोर्चाका संयोजक लोकनारायण सुवेदीले राष्ट्रिय क्रान्तिकारी मोर्चा, नेपालको दोस्रो राष्ट्रिय भेलाको व्यानर बाचन गरेर भेलाको उद्घाटन गर्नु भएको थियो ।

उद्घाटन मन्तव्य राख्दै सुवेदीले भन्नु भयो, “यो मोर्चाले नेपाली जनता र राष्ट्रको मुक्तिको लागि नेपाली जनताको  साझा आन्दोलनको प्रतिनिधित्व गर्दछ । यस्ता मोर्चाहरु बिगतमा धेरै बने तर ती संकीर्ण स्वार्थले आवद्ध घटकहरु नै  एक अर्काका बिरुद्ध खडा  हुन पुगे, टिकेनन् । सामन्तबाद साम्राज्यबाद बिरोधी यो मोर्चाले प्रतिगमन र साम्राज्यबादको बिरोधलाई आफ्नो बटम लाईन अर्थात न्यूनतम आधार बनाएकोले यो मोर्चा आज दोश्रो भेलासम्म आइपुगेको छ ।  देशमा ६५ प्रतिशत नेपाली जनताहरु कम्युनिष्ट समर्थक भएपनि टुटफुट मात्र भइरहेको स्थितिमा राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपाललाई निरन्तर अगाडि बढाउन सक्नु पनि स्वयंमा एउटा  सफलता हो । मोर्चा बिस्थापित र सत्तामा रहेका सबै प्रतिगामी शक्तिहरुको बिरुद्ध नेपालको राष्ट्रियता, राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीबिकाका समस्या  हल गर्न निष्ठापूर्बक अग्रसर छ र यसलाई अझ बढी सक्रिय, सशक्त र सुदृढ तुल्याउँदै नेपाली जनता र राष्ट्रको आमूल परिबर्तनको दिशामा अग्रसर गराउन सकेमा मात्र यस मोर्चाको सार्थकता हुन्छ । यसलाई शोषित पीडित  जनताको भरपर्दो र बिश्वासलाग्दो शक्तिकोरुपमा बिकसित गर्नु पर्दछ । अनि मात्र यो एउटा सच्चा बिकल्प बन्न सक्छ भन्नु भयो ।  

cpgajurel.jpegउद्घाटन सत्रमा बोल्नुहुँदै  क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका कार्यवाहक महासचिव सीपी गजुरेलले मोर्चाको भेला सफलताको शुभकामना दिनु भयाे र भन्नु भयाे - कम्युनिष्ट आन्दोनलमा फुटका बाबजुद कम्युनिष्टहरु एकता गर्न पनि सक्दछन् भन्ने उदाहरण राष्ट्रिय क्रान्तिकारी मोर्चा हो भन्नु भयो । उहाँले इतिहासको स्मरण गर्दै भन्नु भयो “कार्ल मार्क्सले स्थापना गरेको प्रथम अनतर्राष्ट्रिय विभिन्न मतभेदका कारण विघटन भयो र ऐङगेल्सको नेतृत्वमा पुनः दोस्रो अन्तर्राष्ट्रियको गठन भयो । यस्ता कैयौं विभाजन र एकताको प्रक्रियाबाट विश्व कम्युनिष्ट आन्दोलन अगाडि बढिरहेको छ । मोर्चा भित्र पनि नयाँ जनवादी क्रान्ति  सम्पन्न गरी समाजवादमा जाने कि सिधै समाजवादी क्रान्ति गर्ने भन्ने विषयमा विवाद छ तापनि हामीले यस मोर्चा भित्र सहमति भएका विषयहरुमा एकता कायम गर्दै अगाडि बढ्दै आएका छौ र  बढ्न सक्नु पर्दछ । के गर्दा क्रान्तिकारी आन्दोलनलाई फाइदा पुग्छ त्यसमा सबै मिलेर निर्णय गरौं । हाम्रो पार्टीको आलोचना गर्नुस यदि हाम्रा कमजोरी छ् भने हामी सच्याउन तयार छौं ।मोर्चामाथि पार्टीको निर्णय लाद्न थाल्यौंभने मोर्चामा फुट हुन्छ । त्यसैले सहमति भएका विषयलाई स्वीकार गर्दै र फरक मतलाई सम्मान गर्दै मिलेका विषयमा एकता कायम गर्दै अगाडि बढौं । सबै काम र गतिविधि मोर्चाबाट हुनु पर्छ भन्ने नीति गलत हो। मोर्चाका सन्दर्भमा यस्तो गलत नीति र संकीर्णता अपनाउनु हुँदैन भनेर माओले पनि भन्नु भएको कुरा उहाँले उल्लेख गर्नु भयो ।

Santa.jpeg

त्यसपछि अखिल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष तथा राष्टिय क्रान्तिकारी मोर्चा नेपालका पूर्व संयोजक नारायण प्रसाद शर्माले कमजोर हुँदै गएको कम्युनिष्ट शक्तिलाई एकठाउँमा ल्याउनु पर्ने र मोर्चाले यसका आधार तयार गर्ने धारणा राख्नु हुँदै यस दिशामा मोर्चाले खेल्नुपर्ने भूमिका बिर्सन नहुने बताउनु भयो  ।
 नेकपा मशालका प्रतिनिधि  पुष्पलाल  श्रेष्ठले सँगै काम गरेका र पुराना अग्रज कामरेडहरुसँग भेट हुन पाउँदा खुशी व्यक्त गर्दै भेला मोर्चालाई सही दिशामा अघि बढाउन सफलताको शूभकामना दिनु भयो ।

Bhela82.jpeg

 उद्घाटन समारोहमा नेपाल कम्युनिष्ट पार्टीको महासचिव कमरेड शरणबिक्रम मल्लले आजको नेपाली जनताको संयुक्त  आन्दोलनको नेतृत्व गर्ने शक्ति यही मोर्चा हो ।  संयुक्त आन्दोलनमा जनताको ठूलो शक्ति लुकेको हुन्छ भन्ने उल्लेख गर्नु हुँदै उहाँले २०३६ सालको संयुक्त बिद्यार्थी आन्दोलन, २०४६ सालको सामन्ती अधिनायकबादी पञ्चायती ब्यवस्था बिरोधी संयुक्त जन आन्दोलन र २०६२÷६३ सालको राजतन्त्र बिरोधी बृहत संयुक्त जन आन्दोलनको सफलताको स्मरण गर्नु भयो र जनताको संयुक्त आन्दोलन परिबर्तनको एउटा सशक्त माध्यम हो भन्ने औंल्याउनु भयो । उहाँले माेर्चाले जनताकाे बीचमा गएर संघर्षमा अग्रसरता लिनु पर्ने कुरामा जाेड दिनु हुँदै ब्याप्त भ्रष्टारचा, जघन्य मानब तस्करी, कालाेबजारी, मानब बेचिबखन र ठगीका मुद्दा लगायत राष्ट्रिय स्वाधीनताका मुद्धा उठाउन सक्षम हुने बिश्वास ब्यक्त गर्नु भयाे ।
    प्रतिरोध जनअधिकार आन्दोलनका नेताा संगीत श्रोताले शुभकामना दिनु हुँदै, यो मोर्चालाई साम्राज्यजाद विरोधी मोर्चाको रुपमा विकास गर्न आवश्यक छ भन्ने औंल्याउनु हुँदै मतभेदका बीचबाटै एकताको खोजी गर्दै देश र जनताको हितमा अघि बढ्न सक्नु पर्दछ  भयो । 
नयाँ जनवादी मोर्चाका नेता दिनेश बर्तौलाले संसदवादीहरुको भ्रमलाई चिर्दै आन्दोलनलाई अघि बढाउनपर्ने बताउनु भयो । नेकपा माक्र्सवादी पुष्पलालका टंक भट्टराईले चीनले पनि नेपाललाई हस्तक्षेप गर्न थालेको बताउँदै राष्ट्रिय स्वाधिनताको आन्दोलनको आवश्यकतामा जोड दिनु भयो ।

karyasamiti.jpeg

शुभ कामना दिने क्रममा वाम बुद्धिजीवि महादीव पोख्रेलले मोर्चालाई सही दिशामा सशक्त तुल्याउनमा रहेका बाधहरुलाई चिर्दै अघि बढ्न सके यसले नेपाली जनताको बिश्वास आर्जन गर्न सक्छ भन्नु भयो  , कार्यक्रममा नेकपा वामपन्थी केन्द्रका संयोजक राजकुमार कक्षपति कोशी प्रदेशबाट अनुकुल , मधेश प्रदेशबाट इश्वर ढुङगेल,गण्डकी प्रदेशबाट दीपक गुरुङ,वागमती प्रदेशबाट शैलज पौडेल, लुम्बिनी प्रदेशबाटबाट कमल भूषालहरुले पनि आफ्नो बिचारकासाथ मोर्चाको राष्ट्रिय  भेला सफलताको शुभकामना दिनु भएको थियो ।
यसपछि कार्यक्रममा मोर्चाका संयोजक तथा उद्घाटन सत्रका अध्यक्ष लोकनारायण सुबेदीले मोर्चाको एक बर्षका गतिबिधिहरुको संक्षिप्त प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो । त्यसलाई सहभागीहरुले दिएका सुझावका साथ परिमार्जन गरी प्रकाशमा ल्याउन हलले निर्देश गरेको थियो । 
त्यसैगरी भेलामा मोर्चाका नेताद्वय पुष्पकर गौतम र संगीत श्रोताले तयार पार्नु भएका राष्ट्रिय अन्तर्राष्ट्रिय महत्वका सात बूँदे प्रस्ताब मोर्चाका संगीत श्रोताले प्रस्तुत गर्नु भएको थियो र तिनलाई परिमार्जनका साथ पारित गरिएको थियो । कार्यक्रमकाे सञ्चालन अखिल नेपाल कम्युनिष्ट पार्टीका महासचिव लक्ष्मण उप्रेतिले गर्नु भएकाे थियाे ।

bhelasamapan.jpeg

दोस्रो चरणको कार्यक्रमबाट राष्ट्रिय क्रान्तिकारी मोर्चा नेपालको १७ सदस्सीय नयाँ  केन्द्रीय कार्य समिति गठन भएको छ । जसको संयोजक सन्तबहादुर नेपाली, सदस्यहरु लोक नारायण सुवेदी, नरेद्रबहादुर ताण्डुकार, दिेनेश शर्मा, मुकुन्द आचार्य , पुस्कर गौतम , प्रमोद धिताल ,शैलज पौडेल , विमल शर्मा , पुष्पलाल श्रेष्ठ , दिनेश बर्तौला , रामशरण मगर ,अच्युतराज ज्ञवाली ,टंकप्रसाद भट्टराई , नविन कुमार कक्षपति, प्रेमबहादुर तरामी मगर र महादीप पोख्रेल रहनु भएको छ । समिति गठन पछि लगत्तै  बसेको बैठकले २०८२ भाद्र २४ गते मंगलबार संवाद डबलीमा पत्रकार सम्मेलन गर्ने  तथा त्यस पछि लिपुलेकबारे २८ गते काठमाण्डौमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गर्ने समेत निर्णय लिएको छ ।

फाेटाे : जयप्रकाश सरिया